ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

अवरुद्ध पासाङल्हामु राजमार्ग सुचारु

२०७९ असोज, ७  
बागमती प्रदेश
NA

काठमाडौं । पहिरोका कारण गत साउन २५ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग पुन: सञ्चालनमा आएको छ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्ती नजिकै करीब ७० मिटर सडकमा क्षति हुँदा यातायात अवरुद्ध भएको थियो । सो स्थानमा ग्याबिन पर्खाल निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय नुवाकोटले बताएको छ ।

पासाङल्हामु मार्ग खुला भएसँगै चीनबाट आयात भएका सामग्री रसुवाको टिमुरेदेखि काठमाडौं लैजान, जिल्लामा सञ्चालित विकास निर्माणका सामग्री तथा खाद्यवस्तु ढुवानी गर्न र काठमाडौं–रसुवा सीधा बस सेवा सञ्चालनमा सहज भएको छ ।

शुरूमा त्रिशूली–सोम्दाङ सडकको नामबाट निर्माण भएको सो मार्ग अन्तर्गत बनुवा घुम्तीको क्षतिग्रस्त सडक २०४० सालमा निर्माण गरिएको थियो । तर, उक्त स्थानमा नालीको भलपानीलाई सही खालको निकास दिन नसक्दा साउन २४ गते रातिको भीषण वर्षाले सडकमा क्षति पुर्‍याएको थियो । यसबाट धानखेतमा समेत नोक्सान भएको स्थानीय बासिन्दाले बताएका छन् । सडकमा क्षति भएपछि गोसाइँकुण्ड धार्मिक मेलाका यात्रु समेत प्रभावित भएका थिए । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement