ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

खर्च विवरण नबुझाउने उम्मेदवारबाट रू. ३० करोड असुल गरिने

२०७९ असोज, ७  
बागमती प्रदेश
NA

त्रिशूली । तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट करीब रू. ३० करोड जरीवाना असुल हुने भएको छ ।

निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाका एक हजार छ सय ९४ जना उम्मेदवारबाट रू. २० करोड ९७ लाख ५० हजार जरीवाना असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार विदुर नगरपालिकामा प्रमुख पदका छ र उपप्रमुख पदका पाँच जना छन् । बेलकोटगढीमा प्रमुख र उपप्रमुख पदका पाँच–पाँच गरेर दश उम्मेवारलाई जरीवाना तोकिएको छ । नगरपालिकाका प्रमुख र उपप्रमुखले जनही रू. चार लाख ५० हजार तिर्नुपर्ने भएकाले निर्वाचन खर्च विवरण नबुझाएका २१ जनाबाट कुल रू. ९४ लाख ५० हजार जरीवाना असुल हुने देखिएको छ ।

नगरपालिकाको वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार भएर समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको संख्या चार सय २७ छ । उनीहरूलाई निर्वाचन आयोगले जनही रू. दुई लाख जरीवाना तिनुपर्ने निर्णय गरेको छ । आयोगको निर्णयानुसार नगरपालिकाको वडाध्यक्ष र सदस्य पदका उम्मेदवारबाट रू. आठ करोड ५४ लाख असुल गर्नुपर्ने देखिन्छ । रासस

 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement