काठमाडौं । नेपालका लागि प्युजो र सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले चाडपर्व लक्षित अफर ल्याएको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा प्युजो वा सिट्रोन कार किन्ने ग्राहकलाई ७ लाख रुपैयाँ बराबरको छूट, १ वर्षको नि:शुल्क बीमा, ४ महीनाको ब्याजसहित नि:शुल्क ईएमआई र १ वर्षसम्म सडक कर नि:शुल्क उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।
यो अफर सिट्रोनको सी–फाइभ एयरक्रस मोडलमा मान्य रहेको कम्पनीले बताएको छ । यस्तै प्युजोको थ्री००८ अल्युर डिजेल मोडलमा समेत यो अफर लागू हुनेछ । चाडपर्वको अवसरमा कम्पनीले ‘ड्राइभ नाउ, पे लेटर’ योजना ल्याएको छ । सवारीसाधनको सपना साकार बनाउन यो योजनाले टेवा पुग्ने कम्पनीको अपेक्षा छ ।