ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

हिरो इलेक्ट्रिक स्कुटरमा नगद तथा गिफ्ट ह्याम्परको अफर

२०७९ असोज, ७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि हिरो इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता लक्ष्मी ई. मोबिलिटी प्रालि (लक्ष्मी ग्रूपको भगिनी संस्था)ले हिरो इलेक्ट्रिक स्कुटरको विक्री शुरू गरेको छ । कम्पनीले नाडा ईभी एक्स्पोको स्टल नं सी७ मा बुकिङ गरी स्कुटर खरीद गर्न चाहने ग्राहकका लागि नगद तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ, जसमा रू. २५ हजारसम्मको नगद पुरस्कार र लक्की ड्रमार्फत एकजनालाई जर्मन ब्रान्ड बोस वाशिङ मेशिन प्रदान गरिनेछ ।

कम्पनीले नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी हिरोका चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको छ । एकपटकको फुल चार्जमा ८२ देखि १६५ किलोमिटरसम्म माइलेज दिने यी स्कूटरले नेपालमा राम्रो बजार लिने कम्पनीको दाबी छ ।

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडल उपलब्ध गराइएको कम्पनीले बताएको छ । थप नयाँ मोडलका बारेमा जानकारी लिन नाडा ईभी एक्स्पोको स्टल नं सी७ मा सम्पर्क गर्न सकिने कम्पनीको भनाइ छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement