काठमाडौं । आइएमई पे र सोर्स कोड प्रालिबीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छूट दिने सम्झौता भएको छ । आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पेबाट टीएमएसमा लोड कोल्याटरल र ब्रोकर फन्ड सेटलमेन्ट गर्दा आइएमई पेका ग्राहकले स्मार्ट वेल्थ प्रोका विभिन्न सब्स्क्रिप्सन प्याकेजमा उक्त छूट पाउने बताए ।
डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टीएमएसमा आइएमई पे छनोट गरी लोड कोल्याटरल र ब्रोकर फन्ड सेटलमेन्ट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेजमार्फत पाउनेछन् । आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाइल वालेट एप विद्युतीय भुक्तानी सेवाको माध्यम हो । आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरू मार्फत विभिन्न किसिमका भुक्तानी कारोबार गर्न सक्ने कम्पनीले बताएको छ । यस्तै स्मार्ट वेल्थ प्रो शेयर बजार विश्लेषण गर्ने र शेयर पोर्टफोलिओ व्यवस्थापन गर्ने सफ्टवेयर हो । स्मार्ट वेल्थ प्रो सबै लगानीकर्ताका लागि एकदम उपयोगी रहेको कम्पनीले दाबी गरेको छ ।