ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘निर्माण क्षेत्रलाई राज्यले सही तरीकाले हेरेन’

२०७९ असोज, ९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालको निर्माण क्षेत्रलाई राज्यले सही तरीकाले नहेरेको सरोकारवालाहरूले बताएका छन् । प्रेस काउन्सिल नेपालसँगको सहकार्यमा नेपाल निर्माण व्यवसायी महासंघले शुक्रवार राजधानीमा आयोजना गरेको ‘पूर्वाधार बिटमा समाचार लेख्ने सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रम’मा उद्योगका समस्या सही ढंगबाट उठान गरिनुपर्नेमा जोड दिइएको छ ।

पूर्वाधार क्षेत्र मुलुकको आर्थिक वृद्धिको मेरुदण्ड भएको भन्दै सरोकारवालाहरूले पूर्वाधार क्षेत्रको विकास तथा विस्तारमा पूर्वाधार पत्रकारहरूको पनि महत्त्वपूर्ण भूमिका रहने बताए । कार्यक्रममा संघीय सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले निर्माण उद्योगमा धेरै समस्या रहेको बताए । पत्रकारहरूले निर्माण उद्योगका समस्याका बारेमा सही तरीकाले विषय उठान गर्नुपर्नेमा उनले जोड दिए ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायको क्षेत्रमा आम जनतालाई सुसूचित गर्ने काम सञ्चारकर्मीको भएकाले सत्य, तथ्य र यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण क्षेत्र निर्माण व्यवसाय भएको भन्दै यसलाई अगाडि बढाउन पत्रकार जिम्मेवार बन्नुपर्ने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)