ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

टान अध्यक्ष बास्तोलाकाे आग्रह– सडक निर्माणको नाममा ट्रेकिङ क्षेत्र नमासाैं

२०७९ असोज, १०  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र नमास्न आग्रह गरेका छन् । 

सोमवार सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको पर्यटकीय स्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय स्थानीय सरकारले सडक बनाउने नाममा ५० वर्ष पुराना पर्वतीय ट्रेकिङ गन्तव्यलाई अस्तित्व मेटाएको बताए । 

अध्यक्ष बास्तोलाले ३१ दिनको पर्वतीय ट्रेकिङ गन्तव्य रहेको अन्नपूर्ण राउण्डलाई अहिले सडक बनाउने नाममा भत्काएर अहिले ५ दिनको बनाइएको भन्दै आपत्ति जनाए । उनले सडक आवश्यक भयो भन्दैमा विश्वका १० नम्बरमा पर्ने पर्वतीय ट्रेकिङ गन्तव्यहरूको अस्तित्व मेटाउन नमिल्ने बताए । 

उनले पछिल्लो समय धेरै पर्वतीय ट्रेकिङ गन्तव्यहरू हराउने क्रममा रहेको गुनासो गरे । उनले विश्वमा प्रचार भएर हजारौं नागरिकलाई रोजगारी दिने पर्वतीय ट्रेकिङ गन्तव्यलाई कायम राखेर वैकल्पिक मार्गबाट सडक बनाउन सल्लाह गर्न आग्रह गरे । उनले स्थानीय सरकारहरूले पर्वतीय ट्रेकिङ गन्तव्य भएको स्थानमा सडक बनाउँदा वा पर्यटन क्षेत्रको विकासको लागि बजेट विनियोजन गर्दा टानसँग सल्लाह गर्नु उचित हुने बताए । 

उनले रोजगारीको सिर्जनालगायत अन्य प्रचुर सम्भवना रहेको सिन्धुपाल्चोको जुगल हिमालको प्रचारप्रसार गर्न आवश्यक रहेको पनि बताए । साथै उनले जुगल हिमालमा पर्वतीय गन्तव्यको लागि प्रचारप्रसार गर्न टानले सहयोग गर्ने पनि प्रतिवद्धता जनाए । 

नेपालमा पर्वतीय पर्यटनको महत्त्व ठूलो रहेकाले सरकारले पर्वतीय पर्यटन क्षेत्रको विकासमा जोड दिनु आवश्यक रहेको बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro