ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

विदेशी अस्वस्थ माछा नियन्त्रण गर्न व्यवसायीको आग्रह

२०७९ असोज, ११  
विविध
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल मत्स्य व्यवसायी संघले भन्सार छलेर ल्याइएका अस्वस्थ माछालाई नियन्त्रण गर्न माग गरेको छ । संघले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर भारतबाट दैनिक ३० देखि ४० टन माछा भित्रिरहेकोमा १ टन माछाको मात्र भन्सार राजस्व दाखिला भएको जानकारी दिएको हो ।

संघका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले भन्सार छलेर र अस्वस्थ माछा प्रवेश गराएर नेपाली किसान मारमा परेको बताए । उनले चोरी र अवैध माछा प्रवेश नियन्त्रण गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराए । संघको तथ्यांकअनुसार नेपालमा वार्षिक १२ अर्ब रुपैयाँको माछा खपत भइरहेको छ भने नेपाली उत्पादन झन्डै ९ अर्ब ७६ करोड बराबरको छ ।

दैनिक चोरी मार्ग भई १०० औं साइकलबाट भारतीय माछा नेपाल भित्रिने र नेपाली सप्लायर्सकहाँ बिल बनाई पठाउने, भन्सार कार्यालयबाट २ टनको गाडीको भन्सार हुने र अरू ४–५ गाडी माछा सेटिङ मिलाएर आउने र पहिलो गाडीको भन्सार बिल बीजकलाई फोटोकपी गरी बाँकी गाडीबाट माछा ल्याउने गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारत र नेपालमा प्रतिबन्ध भइसकेको कालो मंगुर माछा काठमाडौंलगायत सबै शहरमा आयात भई खुला रूपमा बिक्री भइरहेको समेत संघले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro