ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

युद्धको भुङ्ग्रोमा पिल्सिँदै विश्व अर्थतन्त्र, ब्याजदर बढीरहँदा आर्थिक वृद्धिदर झनै प्रभावित

२०७९ असोज, ११  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं। आगामी वर्ष विश्व अर्थतन्त्रमा युक्रेनमाथि रुसको आक्रमणको प्रभाव यस अघि अनुमान गरेको भन्दा ठूलो पर्ने देखिएको छ ।

बहुपक्षीय कर्जादार्ता निकाय तथा संघसंस्थाहरुले विश्व तथा क्षेत्रीय आर्थिक वृद्धिको प्रक्षेपण घटाएका छन् । आर्थिक सहकार्य र विकासका लागि संगठन (ओईसीडी) ले आफ्नो पछिल्लो प्रतिवेदनमा आगामी वर्षको लागि विश्वको वृद्धि प्रक्षेपणमा कटौती गरेको छ । युक्रेनमाथि रुसको आक्रमणले पहिला देखि नै बढिरहेको विश्वव्यापी मुद्रास्फीतिको चाप बढाएको युद्धको मूल्य चुकाउँदै शीर्षकको प्रतिवेदनमा ओईसीडीले भनेको छ । 

युक्रेनमाथि रुसको आक्रमणको विश्वले निकै ठूलो मूल्य चुकाइरहेको ओईसीडीका महासचिव माथियस कोम्र्यानले पत्रकार सम्मेलनमा भनेका थिए । लागत बढेको अनि क्रय शक्ति ध्वस्त भएको अवस्थामा घरपरिवार र कम्पनीहरु मारमा परेको पनि उनले बताए ।

कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रलाई अझै आक्रान्त पारिरहेको छ । आकाशिएको महँगी नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले धमाधम ब्याजदर बढाइरहँदा आर्थिक वृद्धिदर झनै प्रभावित भइरहेको छ । ‘कयौं सूचकहरुले अवस्था खराब बनेको देखाएका छन् ।

‘विश्वको आर्थिक परिदृश्य झनै अध्याँरो भएको छ,’ ओईसीडीले सो प्रतिवेदनमा भनेको छ । विश्वको आर्थिक वृद्धिदर यो वर्षको दोस्रो त्रैमासमै रोकिएको छ । कयौं अर्थतन्त्रको तथ्यांकहरुले वृद्धिदर लामो अवधिसम्म दबिने ओईसीडीले बताएको छ । ओईसीडीले जुनमा गरेको प्रक्षेपणमा आगामी वर्ष विश्व अर्थतन्त्र २ दशमलव ८ प्रतिशतले बढ्ने बताएको थियो । पछिल्लो समय प्रक्षेपण घटाएर २ दशमलव २ प्रतिशतमा झारिएको छ ।

‘अहिलेको चुरो अवस्था विश्वव्यापी मन्दी होइन तर गएका केही महीनामा जोखिम भने बढेको छ,’ ओईसीडीका कायममुकायम प्रमुख अर्थशास्त्री अल्भारो पेरेइराले भने । युक्रेनमाथि रुसको आक्रमणको प्रभाव अझ स्पष्ट पार्न ओईसीडीले गएको वर्षको अन्त्यमा गरिएको प्रक्षेपणको तुलनामा सन् २०२३ मा विश्वको जीडीपी २८ खर्ब डलर कम रहने बताएको छ । यो भनेको फ्रान्सको अर्थतन्त्र बराबर हो । संगठनले टर्की, एन्डोनेशिया र बेलायत बाहेक जी–ट्वेन्टीका अधिकांश सबैभन्दा ठूला अर्थतन्त्रको वृद्धि प्रक्षेपण कटौती गरेको छ ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र शून्य दशमलव ५ प्रतिशतमा सुस्ताउने प्रक्षेपण गरिएको छ । चीनको आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशतमा सीमित गरिएको छ । अघिल्लो प्रक्षेपणमा यो ४ दशमलव ७ प्रतिशत रहने बताइएको थियो । जर्मनी आगामी वर्ष मन्दीमा जाने बताइएको छ । 

अघिल्लो प्रक्षेपणको तुलनामा यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको वृद्धि प्रक्षेपण २ दशमलव ४ प्रतिशत अंकले घटाएर मायन शूनय दशमलव  प्रतिशतमा झारिएको छ । जर्मन अर्थतन्त्र रुसको ग्यासमाथि उच्च निर्भर छ । युक्रेनमा आक्रमणपछि पश्चिमी देशहरुले लगाएको प्रतिबन्धको विरोधमा रुसले यूरोपतर्फको ग्यास आपूर्तिमा उल्लेख्य कटौती गरेपछि जर्मन अर्थतन्त्र खुम्चिने क्रममा छ ।

अघिल्लो प्रक्षेपणमा १ दशलमव ६ प्रतिशत रहेको यूरोजोनको वृद्धि प्रक्षेपण घटाएर शून्य दशमलव ३ प्रतिशतमा झारिएको छ । ओईसीडीले यस वर्षको वृद्धि प्रक्षेपण भने यथावत् राखेको छ । हालै बहुपक्षीय कर्जादाता निकाय एशियाली विकास बैंक (एडीबी) ले एशियाको वृद्धि प्रक्षेपण घटाएको थियो । विश्व बैंकले पनि हालै एशिया–प्रशान्त क्षेत्रको वृद्धि प्रक्षेपण कम गरेको थियो । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro