ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निफ्राको शेयरमूल्य एक वर्षयताकै न्यून विन्दुमा, किन बढ्न सकेन मूल्य ?

२०७९ असोज, १२  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

 काठमाडौं । पछिल्लो समय नेपाल इन्फ्रास्ट्रक्चर(निफ्रा) बैंकको शेयरमूल्य निकै सस्तिएको छ ।  यस कम्पनीको शेयरमूल्य डेढ वर्षयता लगातार ओरालो लागिरहेको अवस्था छ । 

बुधवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १८८ कायम भएको छ । कम्पनीको शेयर अधिकतम मूल्यभन्दा ७४ प्रतिशत घटेको  हो । २०७७ फागुन ११ गते कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७२६ पुगेको थियो । त्यसपछि लगातार घट्न थालेको कम्पनीकोे शेयरमूल्य कारोबारमा आय यताकै सस्तो भएको हो ।

२०७७ फागुन २ गतेदेखि कम्पनीकोे शेयर दोस्रो बजारमा कारोबारमा आएको थियो । प्रतिकित्ता रू. ३४० मा पहिलो कारोबार भएको कम्पनीको शेयरमूल्य रू. ७२६ पुगेर हाल १८८ मा झरेको छ । 

चुक्तापूँजीका आधारमा नेप्सेमा सूचीकृत कम्पनीमध्ये धेरै रहेको यस कम्पनीको शेयरमा पछिल्लो समय लगानीकर्ताको खासै आकर्षण देखिंदैन । चुक्तापूँजी धेरै र सो अनुसार व्यापार, व्यवसाय विस्तार गर्न नसक्दा कम्पनीले नाफामा उल्लेख्य वृद्धि गर्न सकेको छैन । पूँजी अनुपातमा नाफा बढाउन नसक्नु, शेयर संख्या धेरै भएकाले बजारमा धेरै कित्ता शेयर हुनु, शेयरधनीलाई न्यून मात्रमा लाभांश दिनुलगायतका कारणले यसको शेयरमूल्यमा निरन्तर ओरालो लाग्दै आएको छ ।

पहिलो वर्ष आव २०७७/ ०७८ सम्मको मुनाफाबाट कम्पनीले शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । त्यसपछि कम्पनीले गत आव २०७८/ ७९ को मुनाफाबाट नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले  ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नगद लाभांश मात्रै वितरण गर्ने कम्पनीको शेयरमा विक्रेता हावी भएसँगै शेयरमूल्य ओरालो लागेको छ । पछिल्लो समय ट्रेडरहरुको ध्यान कम पूँजी भएको कम्पनीको शेयरमा पर्दै आएको छ । सोही कारण पनि धेरै पूँजी भएको कम्पनीको शेयरमूल्य खासै बढ्न सकेको छैन । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)