ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१४ वर्षपछि सकियो लेह्म्यान ब्रदर्शको दामासाही प्रक्रिया 

२०७९ असोज, १३  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

वाशिङ्टन डीसी (अमेरिका) । सन् २००८/ ०९ को विश्वव्यापी वित्तीय संकटको प्रमुख कारणका रुपमा रहेको अमेरिकी बहुराष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनी लेह्म्यान ब्रदर्शको ब्रेकरेज एकाईको दामासाही प्रक्रिया अन्ततः सम्पन्न भएको छ ।

१४ वर्ष १३ दिनपछि सो एकाईका दामासाही प्रक्रिया पूरा भएको छ । बुधवार अमेरिकाको बैंकरप्सी न्यायाधिश शेल्ली चापम्यानले दामासाही प्रक्रिया हेरेका ट्रस्टी र उनको ल फर्मलाई यस बापतको अन्तिम भुक्तानी दिएका छन् । यस क्रममा १ खर्ब १५ अर्ब डलरभन्दा धेरै भुक्तानी भएको छ । लेह्म्यानका १ लाख ११ हजार उपभोक्ताहरुले १ खर्ब ६ अर्ब डलर भुक्तानी पाएका छन् । कर्जा सुरक्षण गरिएका कर्जादाताहरुले पनि पूरै भुक्तानी पाएका छन् ।

कर्जा सुरक्षण नगरिएका कर्जादाताहरुले चाँहि एक डलर बराबरको ४१ सेन्ट अर्थात् कूल ९ अर्ब ४० करोड डलर पाएका छन् । शुरुमा यस्ता कर्जादाताहरुले एक डलर बराबर २० सेन्ट मात्रै पाउने अपेक्षा गरिएको थियो । टाट पल्टिएर सन् २००८ को सेप्टेम्बरमा अदालती संरक्षण माग्नु अघि लेह्म्यान ब्रदर्श ब्रेकरेजको माृत कम्पनी लेह्म्यान ब्रदर्श होल्डिङ्स वाल स्ट्रिटको चौथौ ठूलो लगानी बैंक थियो ।

सो कम्पनी टाट पल्टिएर प्रभाव अमेरिकाका अन्य वित्तीय संघसंस्थाहरुमा पोखिएपछि अमेरिकी अर्थतन्त्र नै मन्दीमा गएको थियो भने विश्व अर्थतन्त्र नै मन्दीमा गएको थियो । लेह्म्यानको पतनले कुनै पनि संघसंस्थाहरुलाई टाट पल्टिनै दिन नहुने गरी ठूलो बनाउनु हुन्छ कि हुन्न, कस्तो खालको अवस्थामा कम्पनीहरुलाई टाट पल्टिन दिनु पर्छ भन्ने बहस चर्किएको थियो ।

लेह्म्यानको अमेरिकी ब्रोकरेजको अधिकांश सम्पत्ति बार्कलेजले किनेको थियो । लेह्म्यानको पतनले भिमकाय वित्तीय संस्थाहरुको असफलता टार्नु पर्छ भन्ने सिकाएको भएपनि इतिहासले भने यस्तो कुरा असम्भव भएको बताउँछ । एजेन्सी
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)