ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सेप्टेम्बरभर ९ प्रतिशतले घट्यो दाउ जोन्स 

२०७९ असोज, १५  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

वाशिङटन डीसी (अमेरिका) ।अमेरिकी शेयर बजार  शुक्रवार ओरालो लागेको छ । गएको हप्ता, महीना र त्रैमास वाल स्ट्रिटका लागि भयावह रह्यो । यसबीच एसएन्डपी ५०० यस वर्षकै ताजा न्यून स्तरमा ओर्लियो । 
शुक्रवार दाउ जोन्स इन्डष्ट्रियल एभरेज पहिलो पटक सन् २०२० को नोभेम्बरयताकै न्यून स्तरमा आएर बन्द भयो । एकै दिन दाउ जोन्स ५०० दशलमव १० अंकले घटेर २८ हजार ७२५ दशमलव ५१ अंकमा आएर बन्द भएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ दशमलव ७१ प्रतिशत कम हो ।

नास्डाक कम्पोजिट पनि अघिल्लो दिनको तुलनामा १ दशमलव ५१ प्रतिशतले घटेर १० हजार ५७५ दशमलव ६२ मा आएर बन्द भएको थियो । एसएन्डपी ५०० परिसूचक पनि शुक्रवार १ दशमवव ५१ प्रतिशतले घट्दै ३ हजार ५८५ दशमलव ६२ अंकमा आएको थियो । गएको महीना एसएन्डपी ५०० का लागि सन् २०२० को मार्चयताकै खराब महीना रह्यो ।

शुक्रवार सेप्टेम्बर र तेस्रो त्रैमासको अन्तिम कारोबार दिन थियो । गएको महीनाभर दाउ जोन्स ८ दशमलव ८ प्रतिशतले घटेको छ । एसएन्डपी ५०० परिसूचकमा ९ दशमलव ३ प्रतिशतको कमी आउँदा नास्डाकमा १० दशमलव ५ प्रतिशतको कमी आएको थियो । 

सेप्टेम्बर शेयर र स्थीर आय दुबैका लागि कठोरतम् वातावरण रहेको हरिजोन इन्भेष्टमेन्ट्सका पोर्टफोलिया म्यानेजमेन्ट प्रमुख चाखरी हिलले भने । फेडले आक्रामक रुपमा ब्याजदर बढाइरँदा शेयर बजारमा तीव्र कमी आउने अनुमान आफूहरुले पहिला नै  गरेको उनले बताए । निकट भविष्यमा बजारमा तीव्र उतारचढाव जारी रहने उनले बताए । अमेरिकामा महँगी तीव्र दरले बढ्ने क्रम जारी रहेकोले फेडको आक्रामक ब्याजदर वृद्धि जारी रहने देखिएको छ ।

गएको एक हप्ताको कारोबारमा भने एसएन्डपी ५००, २ दशमलव ९ प्रतिशतले घटेको थियो । दाउ जोन्स पनि २ दशमलव ९  प्रतिशतले नै घट्दा नास्डाकमा २ दशमलव ७ प्रतिशतको कमी आएको छ । सेप्टेम्बर त्रैमासमा भने तीन ओटै सूचक ४ प्रतिशतदेखि ६ दशमलव ७ प्रतिशतले घटेका छन् । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro