ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतको ८ ओटा शहरमा एकसाथ शुरु भयो फाइभ–जी मोबाइल सेवा

२०७९ असोज, १५  
अन्तरराष्ट्रिय प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

नयाँदिल्ली । भारतमा फाइभ–जी मोबाइल सेवाको औपचारिक रुपमा शुरुवात भएको छ । उक्त सेवाको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार दिल्लीमा आयोजित इण्डियन मोबाइल कंग्रेस २०२२ मा का हुन् ।

यससँगै अल्ट्रा हाइस्पिड इन्टरनेटको बाटो खुला भएको छ । भारतका दिल्ली, मुम्बई, बेङ्गलुरु, बाराणसीसहित आठ ओटा शहरमा फाइभ–जी सेवा शुरु भएको हो । भारत सरकारले अर्को वर्षसम्म देशभर विस्तार गर्ने लक्ष्य बनाएको छ ।

कार्यक्रममा एयरटेलका अध्यक्ष सुनील मित्तलले आफ्नो कम्पनीको फाइभ–जी सेवा शुरु भएको जानकारी दिए । उनले आगामी सन् २०२४ सम्म मुलुकभर यो सेवा उपलब्ध गराउने बताएका छन् । यसैगरी रिलायन्स ग्रूपका अध्यक्ष मुकेश अम्बानीले भने भारतले फाइभ–जी सेवा शुरु गर्न ढिलो गरेको बताएका छन् । 

तर रिलायन्स जियोले भारतमा आफूले फाइभ–जी सेवा कहिले शुरु गर्ने भनेर बताएको छैन । तर भारतीय सञ्चारमाध्यमहरुले भने रिलायन्सको फाइभ–जी सेवा  एयरटेलभन्दा पहिला धेरै मानिसमा पुग्ने  उल्लेख गरेका छन् । भारतको सूचना मन्त्रालयका अनुसार सन् २०३५ सम्ममा भारतको अर्थव्यवस्थामा फाइभ जीको योगदान ४५० अर्ब अमेरिकी डलर पुग्ने छ ।जानकारहरुले फाइभ जी नेटवर्कबाट सवैभन्दा बढी फाइदा उत्पादन क्षेत्रलाई हुने बताएका छन् ।एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)