ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सिएमटी रिसोर्टको दशैंलक्षित छूट सार्वजनिक

२०७९ असोज, १६  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

चितवन । चितवनको हाकिमचोकमा रहेको चितवन मिडटाउन (सिएमटी) रिसोर्टले ग्राहकका लागि विशेष छूट योजना सार्वजनिक गरेको छ । रिसोर्टले दशैंलाई लक्षित गरी सो योजना ल्याएको हो ।

रिसोर्टले दशैंको अवसरमा ३०० जना ग्राहकका लागि विशेष छूट सदस्यता वितरण गर्न शुरू गरेको छ । उक्त योजना फूलपातीको दिन असोज १६ गतेदेखि लागू हुने रिसोर्ट प्रशासनले जानकारी दिएको छ । योजना अन्तर्गत क्यास अफर र मेम्बर्स अफर दुई प्रकारका छूट रहेको रिसोर्टको भनाइ छ । रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले सबै ग्राहकलाई समेट्ने उद्देश्यले यो अफर ल्याइएको बताए । ‘यो अफर हाम्रो नाफा कमाउने उद्देश्य होइन,’ उनले भने, ‘हामी नियमित रूपमा ग्राहकसँग जोडिन र हाम्रा सुविधालाई ग्राहकले अनुभव गर्न पाऊन् भनेर ल्याइएको हो ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro