ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कीर्तिपुरको चोभारमा बिजबजारको लिङ्गे पिङ

२०७९ असोज, १६  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली ई–कमर्श प्लेटफर्म बिजबजारले काठमाडौंको चोभारमा लिङ्गे पिङ सञ्चालनमा ल्याएको छ । दशैंको अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले कीर्तिपुरस्थित हुपील्यान्ड नजिकै लिङ्गे पिङ सञ्चालनमा ल्याएको हो । कीर्तिपुर नगरपालिका वडा नम्बर ६ को वडा समिति, चोभार विकास समिति, आमा समूह चोभार तथा अदितिनाथ सामुदायिक वन उपभोक्ता समिति चोभारको सहकार्यमा असोज १२ देखि छठसम्मका लागि ११ ओटा लिङ्गे पिङ सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ । ती पिङमा सर्वसाधारणले घोडचढीको पनि निःशुल्क मनोरञ्जन लिन सक्ने कम्पनीको भनाइ छ ।

बडादशैंलाई लक्षित गर्दै परम्परासँग जोडिएको पिङ खेल्ने प्रचलनलाई निरन्तरता दिन र सर्वसाधारणलाई दशैंमा मनोरञ्जन उपलब्ध गराउने उद्देश्यले पिङ बजार सञ्चालन गरिएको कम्पनीले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro