ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नीति निर्माण गर्न निम्बस र दायित्वबीच सहकार्य हुने

२०७९ असोज, १६  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रमाणमा आधारित नीति निर्माणका लागि निम्बस र दायित्वबीच सहकार्य हुने भएको छ । नेपालमा युवा र सरकारबीच विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवर्द्धन गर्न निम्बस र दायित्वले सहकार्य गर्ने भएका हुन् ।

देशमा नवप्रर्वतन, सहकार्य र सेवाको भावले एक उद्यमशील नेपाल सृजना गर्न सकिने साझा दूरदृष्टिलाई सम्झौताले अझ मजबूत बनाउने विश्वास दुई संस्थाले लिएका छन् । निम्बस र दायित्वबीच शुक्रवार सो सम्बन्धमा सम्झौता गरिएको कम्पनीले जानकारी दिएको छ । सम्झौता अनुसार निम्बसले दायित्व नेपाल जन नीति फेलोशिप कार्यक्रम अन्तर्गत २०२३ मा ३ जना फेलोहरूलाई स्पन्सर गर्ने बताइएको छ ।

विश्वव्यापी प्रतिस्पर्धामार्फत छनोट गरिने रिसर्च फेलोहरूले ३ देखि ६ महीनासम्म सम्बन्धित मन्त्रालयका अधिकारीहरू र विभिन्न नीति तथा अनुसन्धान विज्ञहरूको मेन्टरिङमा, लगानीमा पहुँच, युवा रोजगारी, महिलाको आर्थिक सशक्तीकरण, मूल्य शृंखला, शासन सुधार लगायत विषयवस्तुमा नीतिगत अनुसन्धान गर्ने बताइएको छ ।

निम्बसका प्रबन्ध निर्देशक आनन्द बगारियाले दायित्व फेलोसिप जस्ता कार्यक्रमले युवा र सरकारबीचको अर्थपूर्ण कुराकानीको ढोका खोल्ने बताए ।

त्यस्तै दायित्वका संस्थापक तथा अध्यक्ष, डा. पुकार मल्लले  दायित्व फेलोशिपले युवा, सरकार र निजीक्षेत्रबीचको सहकार्य र विश्वासलाई सुदृढ गर्दै देशलाई नवप्रवर्तन, सुशासन र आर्थिक समृद्धिको साझा यात्रामा परिचालन गर्न भूमिका निर्वाह गर्ने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro