ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रयोगकर्ता भाग्न थालेपछि तनावमा फेसबुक,  शेयरमूल्य सन् २०१९ यताकै तल

२०७९ असोज, १६  
अन्तरराष्ट्रिय प्रविधि
Tvs Raider Image Not Found

सन फ्रान्सिस्को (अमेरिका) ।एक वर्ष अघि मात्रै सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाको बजार पूँजीकरण १० खर्ब डलर पुगेको थियो । तर एक वर्षपछि यसको अवस्था अर्कै छ । सन् २०२१ को सेप्टेम्बरयता मेटाको बजार पूँजीकरण दुई तिहाईले गुमिसकेको छ । अहिले शेयरको भाउ पनि सन् २०१९ को जनवरीयताकै न्यून स्तरमा छ । तेस्रो त्रैमासमा यो दोहोरो अंकले घटेको थियो । यस वर्ष एसएन्डपीमा चार कम्पनीको शेयर मात्रै खराब वर्षबाट गुज्रिरहेका छन् । योमध्ये फेसबुक एक हो । 

फेसबुकको व्यवसाय नेटवर्क इफेक्टमा बनेको हो । प्रयोगकर्ताहरुले आफ्नो साथीभाई ल्याए । उनीहरुसँगै तिनका परिवारको सदस्यहरु आए । विस्तारै सहपाठी अनि सहकर्मी हुँदै फेसबुकको प्रयोगकर्ता बेस बढ्दै गयो । सबैजना एकै ठाउँमा जम्मा भएपछि विज्ञापनदाताहरु पनि फेसबुकमै आए । कम्पनीको मुनाफा बढयो । यो चक्र चलाइराख्न कम्पनीले राम्रा भन्दा राम्रा कर्मचारी भर्ती गर्न थाल्यो । तर सन् २०२२ मा यो चक्र उल्टियो ।

प्रयोगकर्ताहरु भाग्न थाले अनि विज्ञापनदाताहरुले फेसबुकमा आफ्नो खर्च घटाउन थाले । तेस्रो त्रैमासमा मेटाको आम्दानी लगातार दोस्रो पटक घट्ने क्रममा छ । व्यवसायहरुले पनि आफ्नो वेबसाइटबाट फेसबुकको लगइन बटन हटाइरहेका छन् । प्रमुख कार्यकारी अधिकारी मार्क जुुकरबर्गले आफ्नो प्राथमिकता मेटाभर्सलाई साकार बनाउन खर्चिरहेको अवस्थामा कर्मचारी भर्ती ठूलो चुनौती बनिरहेको छ । मेटाभर्स कम्पनीको भविष्य बन्न सक्ला ।

तर अल्पकालीन अवस्थामा यसले आम्दानीमा कुनै टेवा दिने छैन । बरु उल्टै यसको निर्माणमा वार्षिक अर्बौ डलर बगाउनु परिरहेको छ । आगामी दशक मेटाभर्स एक अर्ब मानिससम्म पुग्ने र यसबाट अर्बौ डलर आम्दानी हुने आशा जुकरबर्गले व्यक्त गरेका छन् । यसले डिजिटल गूड्ज आसपास बृहत अर्थतन्त्र बनाउने जुनमा टेलिभिजन च्यानल सीएनबीसीका जिम क्रामरसँगको कुराकानीमा उनले भनेका थिए । तर लगानीकर्ताहरु उनको कुरा सुनेर खास उत्साहित छैनन् ।

लगानीकर्ताहरुले अहिले जसरी फेसबुकको शेयर मिल्काइरहेका छन् अनि शेयर मूल्य जुन गतिमा घटिरहेको छ यसलाई कसैकसैले मेटा बच्नै नसक्ने ‘मृत्यु चक्र’ सँग दाँजेका छन् । फेसबुकका लागि काम गर्ने कोर व्यवसाय छ भनेर आफूले यकिनका साथ भन्न नसक्ने एक विश्लेषकले भनेका छन् । फेसबुक व्यवसायबिहिन हुने जोखिमबारे भने अरु कसैले औंल्याएका छैनन् । मोबाइल विज्ञापनमा कम्पनीको वचश्र्व कायमै छ । यसको व्यवसाय मोडल विश्वमै सबैभन्दा मुनाफामुलक छ ।

गत वर्षको सोही अवधिको तुलनामा दोस्रो त्रैमसमा खूद मुनाफा ३६ प्रतिशतले घटेको भएपनि मेटाले जुन त्रैमासमा ६ अर्ब ७० करोड डलर मुनाफा कमाएको थियो ।  फेसबुकको सुस्त वृद्धि वाल स्ट्रिटमा अब समस्याकारी छैन । कोरोना भाइरसको महामारीबीच कम्पनीको आम्दानी अहिलेसम्मकै सुस्त हुँदा पनि यो २२ प्रतिशतले बढेको थियो । यस वर्ष पनि कम्पनीको आम्दानी घट्छ भन्ने प्रक्षेपण आइरहेका छन् । गएको दुई वर्षमा अमेरिका र क्यानडामा कम्पनीको दैनिक सक्रिय प्रयोगकर्ता घटेका छन् ।

तर विश्वभर भने करीब १० प्रतिशतले बढेका छन् । सन् २०२४ सम्म दैनिक सक्रिय प्रयोगकर्ताको संख्या ३ प्रतिशतले बढ्ने प्रक्षेपण फ्याक्टसेटको छ । सन् २०२३ को पहिलो अर्धवार्षिक अवधिमा विक्री वृद्धि एकल अंक आसापास रहने र त्यसपछि भने पुनः बढ्ने बताइएको छ । तर यो बाजीमा पनि जोखिममुक्त भने छैन । नयाँ पुस्तामाझ टिकटकको ‘क्रेज’ बढ्न थालेको छ । फेसबुकमा झुक्किएर जोडिन आएका (दूरका) इष्टमित्रदेखि नचाहिने राजनीतिक खैलाबैलासम्म सबैलाई स्क्रोल गर्नु पर्ने झन्झटबाट बच्नेसम्म प्रयोगकर्ताहरुमाझ टिकटकको प्रयोग बढेको छ ।

मेटाले टिकटकको सफलताका नक्कल गरेर रिल भनेर शर्ट भिडियो बनाउने सुविधा पनि थपेको छ । तर यी भिडियो फेसबुक र इन्ष्टग्राम वरपर नै घुम्छन् । रिलको फम्र्याटले विज्ञापनदातहरुको मन जित्छ कि जित्दैन भन्ने पनि स्पष्ट छैन । विज्ञापन र मापनको मामिलामा फोटोभन्दा भिडियो कठिन भएको १४ वर्षसम्म फेसबुकमा प्रमुख सञ्चालन अधिकारी रहेर शुक्रवार मात्रै कम्पनी छाडेकी शेर्ल स्यान्डबर्गले जुलाईमा बताएका थिइन् ।

रिलमा एड् टूल कसरी चलाउने भनेर फेसबुकले व्यवसायहरुलाई देखाउनु पर्नेछ । रिल कम्पनीका लागि आशाजनक रहेपनि यसमा गर्नु पर्ने काम थुप्रै भएको स्यान्डबर्गको भनाई छ । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro