ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

दशैंमा घर जाने यात्रुलाई यो वर्ष पनि सास्ती : २६ सडक खण्ड अझै एकतर्फी

२०७९ असोज, १६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हरेक वर्षको मुख्य चाडपर्वमा शहरबाट गाउँतिर लाग्ने यात्रुको संख्या बढी हुने गरे पनि सडकको अवस्था भने सहज बन्दैन ।

यो वर्षको दशैंको दिनसम्म पनि मुलुकभरका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरिसकेको छ, जसले गर्दा यो दशैंमा जाने यात्रुको यात्रा सास्तीपूर्ण हुने देखिएको छ ।सडक विभागको तथ्यांकअनुसार अहिले मध्यपहाडी, त्रिभुवन राजपथदेखि भेरी कोरिडोर खण्डसम्मका सडकहरू एकतर्फी मात्रै सञ्चालनमा छन् ।

विभागले अहिले मुलुकभरका विभिन्न सडकका २४ खण्ड एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको जानकारी दिएको छ । कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले र लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का सडकमा अहिले पनि एकतर्फी यातायात सञ्चालन हुँदै आएको छ । 

यस्तै पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन–पोखरा, त्रिभुवन राजपथको सिर्सिया–पथलैया, हेटौंडा–भैंसे–पालुङ–नौविसे–काठमाडौं, डुम्रे–बेसीशहर–चामे खण्डमा पर्ने लमजुङ, मनाङ जिल्लाका सडकहरू अहिले एकतर्फी सञ्चालनमा छन् । यसैगरी तानसेन–रिडी–कोरला, मध्यपहाडी राजमार्गको बागलुङ खण्ड, कर्णाली राजमार्गको जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा, सिद्धार्थ राजमार्गको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्ड एकतर्फी छ । 

यस्तै एकतर्फी सञ्चालनमा रहेका सडक खण्डमा तानसेन–रिडी–कोरला, काठमाडौं–दैलेख–महावुखेल–गाल्जे पर्छ । नाग्मा–गमगढी–नाक्चेलाग्ना, भेरी कोरिडोरको छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम खण्डमा पनि एकतर्फीमात्रै सवारीसाधन चल्छन् । सडक विभागले अवरुद्ध सडकलाई सफा गरेर सञ्चालन गर्न उपकरणहरू साइटमै राखेको उल्लेख गरेको छ । दशैंको दिनमा पनि अवरुद्ध सडक खुला गर्न तत्पर रहेको विभागको भनाइ छ ।

पहिरो गएपछि बन्द अवस्थामा धुन्चे–स्याफ्रु सडकखण्ड / फाइल फोटो

विभागका अनुसार सो वर्षायाममा अवरुद्ध भएकामध्ये हालसम्म १४९ ओटा सडक खण्डमा भने दुवैतर्फी रूपमा यातायात चलेका छन् । अवरुद्धमध्ये अहिले पूर्ण रूपमा यातायात नचल्ने सडक खण्ड भने २ ओटा मात्रै छन् । विभागका अनुसार अहिले साँफेबगर–मार्तडी–कोल्टी र कर्णाली राजमार्गको जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा खण्ड अवरुद्ध छ । यो राजमार्गको दैलेख खण्डमा रहेका सडकहरू अहिले अवरुद्ध छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro