ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

निर्वाचन सुरक्षा : कात्तिक ५ गतेभित्र हतियार बुझाउन प्रशासनको सूचना  

२०७९ असोज, १६  
मधेश प्रदेश
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज  । जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थापनलाई ध्यानमा राखी इजाजत प्राप्त हतियार प्रशासनमा बुझाउन आग्रह गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णअनुसार प्रशासनले यस्तो सूचना निकालेको हो ।  निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था मिलाउनका लागि यस्तो निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

आगामी कात्तिक ५ गतेभित्र यस्ता हतियार नबुझाए कानूनअनुसार कारवाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ ।  बुझाइएका हतियार सुरक्षित राखिने र निर्वाचन सकिएको एक हप्ताभित्र हतियाधनीलाई नै फिर्ता गरिने पनि उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro