ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राप्ति प्रक्रियामा डिप्रोक्स लघुवित्त, आदर्श लघुवित्तसँग सम्झौता

२०७९ असोज, १८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति प्रक्रिया अघि बढाएको छ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड प्राप्ति गर्न असोज १४ गते प्राप्ति सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

प्राप्ति सम्बन्धि समझदारी पत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् । पछिल्लो समय नेपाल धितोपत्र बोर्डले जारी गरेको संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ सम्बन्धि प्रारम्भिक मस्यौदामा मर्जर तथा प्राप्ति सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेको ६ महीनाभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थाका कारण यी दुई कम्पनीलाई आगामी चैत १४ भित्र प्राप्ति प्रक्रिया पुरा गर्नुपर्ने देखिन्छ । नयाँ व्यवस्था अनुसार प्रारम्भिक समझदारी गरेपछि सम्बन्धित संस्थाको साधारण सभाबाट प्राप्ति सम्बन्धि प्रस्तावमा निर्णय नभएसम्म प्रक्रिया रद्द गर्न पाइनेछैन ।

डिप्रोक्स लघुवित्तले प्राप्ति सम्बन्धि बिषयमा काम गर्न प्राप्ति समिति गठन  गरिसकेको र आगामी ६ महीनाभित्र प्रक्रिया सम्पन्न गर्ने प्रतिवद्धता बताएको छ । डिप्रोक्सले बासुप्रसाद उपाध्यायको संयोकत्वमा प्राप्ति समिति गठन गरेको जानकारी दिएको छ । उक्त समितिमा श्यामकृष्ण दाहाल, सुसन कर्माचार्य, प्रभा धिताल कोइराला सदस्य रहेको समेत कम्पनीको भनाइ छ । 

हाल डिप्रोक्स लघुवित्तको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रहेको छ भने आदर्श लघुवित्तको रू. २ करोड ७ लाख रहेको छ । आदर्श लघुवित्तले गत असार १३ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरिसकेको छ ।

धितोपत्र दोस्रो बजारमा असार २९ गते सूचीकृत भएको कम्पनीको शेयर कारोबार प्राप्ति प्रयोजनका लागि दशै पछिदेखि रोक्का रहनेछ । प्राप्ति प्रयोजनमा प्राप्ति गर्ने कम्पनीको शेयर कारोबार रोक्का नहुने भएकाले डिप्रोक्सको शेयर कारोबार भने रोक्का हुनेछैन ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)