ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

साल्ट ट्रेडिङ कर्पोरेशन : कम्पनी विश्लेषण  (मंगलवार, २५ असोज २०७९)

२०७९ असोज, २५  
लगानी कम्पनी विश्लेषण
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

धितोपत्र दोस्रो बजारमा व्यापारिक समूह अन्तर्गत सूचीकृत यस कम्पनीको नियमित शेयर कारोबार भैरहेको छ । यस कम्पनीले गत वर्ष भने हालसम्मकै कम १० दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्षको लाभांश भने कम्पनीले हालसम्म सार्वजनिक गरेको छैन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले रू. ३ करोड ७७ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा २१ दशमलव १५ प्रतिशत कम भएको हो ।

अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ७९ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको विक्री आम्दानी ३१ प्रतिशत कम भएकाले पनि खुद नाफामा असर परेको हो । कम्पनीले अघिल्लो वर्ष रू. १० अर्ब ४० करोडभन्दा बढी विक्री आम्दानी गरेकोमा गत वर्ष रू. ७ अर्ब १७ करोडभन्दा बढी मात्र यो आम्दानी गरेको हो । दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ५०० रहेको छ । सोमवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १५ ले घटेको हो ।

निष्कर्ष
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा वियरिश प्रवृत्तिको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयरमूल्य घट्दो अवस्थामा रहने संकेत गर्छ । तर उक्त दिनको मैनबत्तीमा देखिएको लामो पुच्छरले आगामी कारोबार दिन बजार हालको प्रवृत्तिभन्दा रिभर्स रियाक्ट गर्ने देखाउँछ । आरएसआई न्युट्रल जोन ३७ दशमलव ६९ विन्दुमा छ । यसले शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ९ दशमलव ७४ विन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढा छन् भने हालको मूल्यरेखा यी दुबै मूल्यरेखा भन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ३ हजार ५०० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ हजार ६८८ मा प्रतिरोध पाउने देखिन्छ भने मूल्य सस्तिएमा रू. ३ हजार ४५० मा पहिलो टेवा पाउने देखिन्छ ।

सावधानी : हामीले उपलब्ध तथ्याङ्कको अधारमा गरेको विश्लेषण आफैमा पुर्ण होइन, लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको समग्र आधारभुत पक्ष र प्राविधिक पक्ष हर्नु आवश्यक रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)