ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भैरहवा विमानस्थलको बिजोक

२०७९ कार्तिक, ३  
पाठक विचार
Tvs Raider NA

भैरहवा विमानस्थलबाट उडान गरिरहेको एकमात्र विदेशी वायु सेवा कम्पनी जजिरा एयरवेजले आफ्नो उडानमा कटौती गरेको छ । यात्रु संख्यामा कमी भएपछि उडान कटौती गर्नुपरेको उसको भनाइ छ । यसले यो विमानस्थल बनाउँदा बजार नहेरिएको देखाएको छ । यसबाहेक यहाँबाट अन्य विदेशी कम्पनीले वायुसेवा दिएका छैनन् । यसले यसको भविष्यमाथि प्रश्न खडा गरेको छ ।

श्रम कार्यालयको अफिस भैरहवामा नखोल्दा अहिले समस्या आएको बताइन्छ । श्रम मन्त्रालयले भैरहवामा श्रम कार्यालय नखोल्दा अन्य काम गर्न काठमाडौं आउनपरेपछि त्रिभुवन विमानस्थल नै आउनुपरेको देखिन्छ । त्यस्तै म्यानपावर कम्पनीहरू पनि त्यहाँ गएका छैनन् । त्यस्तै प्रदेशस्तरमा मान्यताप्राप्त मेडिकल चेकअप पनि स्थापना भएको छैन । एउटा अन्तरराष्ट्रिय स्तरको विमानस्थल निर्माण गरिसकेपछि त्यसको अन्तरराष्ट्रिय र राष्ट्रियस्तरमा प्रचारप्रसारको काममा नागरिक उड्डयन प्राधिकरणले उच्चस्तरको पहल गरेको पाइँदैन । अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसारमा कमी भएकाले यहाँ वायु सेवा कम्पनी नआएका हुन सक्छन् ।

विमानस्थलले ल्यान्डिङ पार्किङमा एक वर्षसम्मको लागि छुटको व्यवस्था गरेको छ । तर पर्यटनको राम्रो प्रचार नभई विमानस्थलमा प्रशस्त उडान हुन नसक्ने देखिन्छ । अदूरदर्शी ठेक्कापट्टामा रमाउने मान्छेहरूले धमाधम एयरपोर्ट बनाउने तर त्यसको पहिला कुनै अग्रिम योजना नबनाउने प्रवृत्ति पाइन्छ । नेपाल वायु सेवा निगमले विमान पाएन भनेर हल्लाखल्ला भयो । अहिले ऊसँग विमान छन् तर अन्तरराष्ट्रिय उडान भने पर्याप्त मात्रामा भएको पाइँदैन । यसले बजार लिन किन पहल गरेन ? अहिले कर्जाको किस्ता तिर्न नसकेर समस्या छ । पोखरा विमानस्थल पनि यस्तै नहोला भन्न सकिन्न ।

मोहन कर्माचार्य
वनस्थली, काठमाडौं

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro