काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ५९ लाख ३३ हजार नाफा कमाएको छ । यो नाफा गत आवको साेही अवधिकाे तुलनामा भने ९५ प्रतिशत कम हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. १२ करोड ११ लाख नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा ८६ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीको सञ्चालन नाफा रू. १३ करोड ८१ लाख रहेकोमा चालू आवमा रू. १ करोड ७९ लाखमा सीमित भएको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५८ दशमलव ४७ रहेकोमा चालू आवमा रू. २ दशमलव ८६ मा झरेको हो ।
कम्पनीको चुक्तापूँजी रू. ८२ करोड ८९ लाख रहेको छ भने जगेडामा रू. ५० करोड ९६ लाख सञ्चित गरेको छ । त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात ११३ दशमलव ८६ गुणा, तरलता अनुपात ३१ दशमलव ६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव ६८ छ।