ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शाओमीले सार्वजनिक गर्‍याे नयाँ स्मार्टफोन रेड्मी ए-१ का सिरिज, यस्ता छन् फिचर र मूल्य

२०७९ कात्तिक, १८  
प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । चिनिया मोबाइल फोन निर्माता कम्पनी शाओमीले नेपाली बजारमा रेड्मी ए-१ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले रेड्मी ए-१ र रेड्मी ए-१ प्लस माेडेलका स्मार्टफोन सार्वजनिक गरेको हो । यी स्मार्टफोन इन्टरनेट तीव्र गतिमा चल्ने, प्रयाेगकर्तालाई स्मुथ सफ्टवेयर अनुभव हुने कम्पनीले दाबी गरेकाे छ । 

स्मार्टफोन सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले सबैका लागि उचित मूल्यमा उच्च गुणस्तरको स्मार्टफोन उपलब्ध गराउने लक्ष्यका साथ स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूका लागि नयाँ रेड्मी सिरिज लन्च गरेको बताए ।

रेड्मी ए-१ र रेड्मी ए-१ प्लस  सार्वजनिक गरेसँगै कम्पनीले नयाँ प्रविधिहरू अनुरुप नयाँ स्मार्टफोन सेटहरूलाई अझ आकर्षक बनाउने डिजाइन, लामो ब्याट्री ब्याकअप र स्तरीय क्यामेरा प्रणाली राखेको छ । 'हाम्रो लक्ष्य भनेको नयाँ स्मार्टफोन युजरहरूलाई उचित मूल्यमा नवीनतम् प्रविधिमा थप पहुँचयोग्य बनाउनु हो,' उनले भने ।

यस्ता छन् फिचर

ए-१ इन्टरटेनमेन्ट :  यी स्मार्टफोनहरूमा स्तरीय क्यामेरा, भरपर्दो ब्याट्री लाइफ, क्लासिक ६.५२” को रंगीन डिस्प्ले समावेश गरिएको छ । यस्तै ५००० एएमएच ब्याट्री राखिएको छ । गुणस्तरको अडियो अनुभवको लागि हाई डेफिनेसन सहितका स्पिकरहरू जडान गरिएको कम्पनीले बताएकाे छ । 

ए-१ एक्सपिरियन्स : यी स्मार्टफोनहरूमा पावर अपको लागि MediaTek Helio A22 चिपसेट जडान गरिएकाे कम्पनीले जनाएकाे छ । यसको सहायताले फोटोग्राफी, र भिडियोमा थप क्लियारिटी प्रदान गर्ने कम्पनीकाे दाबी छ । यसमा LPDDR4X RAM भएकाले रेड्मी ए-१ र रेड्मी ए-१ प्लसलाई थप उत्कृष्ट बनाएकाे कम्पनीले बताएकाे छ । यी दुवै स्मार्टफोन क्लीन एन्ड्रोइड १२ मा चल्छन्, जसलाई छिटो र गोपनीयता अब्बल मानिन्छ । 

ए-१ डिजाइन : यी दुवै स्मार्टफोन एन्ट्री–लेभल डिजाइनको साथ तीन रंग (ब्ल्याक, लाइट ग्रीन, लाइट ब्लु)मा उपलब्ध छन् । यसको टेक्सचर्ड डिजाइनले फिंगरप्रिन्टहरू फोनमा टाँसिएर बस्दैन, जसले फोन लामो समयसम्म नयाँ देखिने कम्पनीले दाबी गरेको छ ।

रेड्मी ए-१ प्लसमा रियर फिंगर प्रिन्ट सेन्सर फिचर राखिएकाे छ । यी फोनहरूमा ८ मेगापक्सल डुअल एआई क्यामेरा र ५ मेगापिक्सल फ्रन्ट क्यामेरा सेटअप छ, जसले फोटो क्याप्चर गर्न सहयोग गर्ने कम्पनीकाे दाबी छ ।  

मूल्य र उपलब्धता : रेड्मी ए-१ माेडेल २ जीबी र्‍याम र ३२ जीबी इन्टरनल स्टोरेजमा छ । यसको मूल्य ११ हजार ९९९ रूपैयाँ राखिएको छ ।

ए-१ प्लस माेडेल भने ३ जीबी र्‍याम र ३२ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध छ । यसको मूल्य १३ हजार ९९९ रूपैयाँमा देशैभर विक्री खुला भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)