ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बुटवल पावर कम्पनी [कम्पनी परिचय]

२०७९ कात्तिक, १९  
समाचार कम्पनी विश्लेषण
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली हाइड्रोपावर क्षेत्रमा ५० वर्षमाथिको इतिहास बोकेको एकमात्र कम्पनी बुटवल पावर कम्पनी BPC सन् १९६५ मा प्राइभेट कम्पनीको रूपमा स्थापना भएको थियो । सन् १९९३ मा पब्लिकमा रूपान्तरण भएको यस कम्पनीलाई सरकारीबाट सन् २००३ मा निजीकरण गरिएको थियो ।

बुटवल पावर कम्पनीसँग हाल ९ दशमलव ४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक आयोजनाको सम्पूर्ण स्वामित्व रहेको छ । त्यस्तै, ४ मेगावाटको खुदी हाइड्रोपावर आयोजनाको अधिकांश स्वामित्व तथा ६० मेगावाटको खिम्ती हाइड्रोपावर आयोजनाको स्वामित्व रहेको हिमाल पावर लिमिटेडको १८ दशमलव ६६ प्रतिशत स्वामित्व यस कम्पनीसँग छ ।

कम्पनीले आफ्नो भगिनी कम्पनीहरू काबेली इनर्जी लि. र न्यादी हाइड्रोपावरबाट ३७ दशमलव ६ मेगावाटको काबेली–ए हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट तथा ३० मेगावाटको न्यादी हाइड्रोपावर प्रोजेक्ट सन् २०१७ बाट शुरुआत गरिसकेको छ । कम्पनीअन्तर्गतका सहायक कम्पनीका रूपमा बीपीसी सर्भिसेज लिमिटेड, हाइड्रो कन्सल्ट इञ्जिनीयरिङ लि, काबेली इनर्जी लिमिटेड, नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लि. र खुदी हाइड्रोपावर लि. छन् ।

कम्पनीले आफ्नै वितरण प्रणालीमार्फत स्याङ्जा, पाल्पा, प्युठान र अर्घाखाँची जिल्लाका ग्रामीण भेगका ५० हजारभन्दा बढी घरधुरीलाई विद्युत् सेवा दिंदै आएको छ।

नेपालमा विभिन्न क्षेत्रसँग सम्वन्धित् व्यवसायिक घरानाहरुले सांग्रिला इनर्जीमार्फत बुटवल बीपीसीमा लगानी गरेका छन् । जसमा पञ्चकन्या ग्रूप, ज्योति ग्रूपसहित बीमा, बैंक तथा निर्माण कम्पनीका व्यक्तिहरु रहेका छन् । हाल यस कम्पनीको शेयर स्वामित्व निम्नानुसार रहेको छ :

 कम्पनीको सञ्चालक समितिको अध्यक्षमा पद्म ज्योति रहेका छन् । हुन त जलविद्युत विकासमा बीपीसी नयाँ होइन । पाँच दशकभन्दा लामो समयदेखि जलविद्युत उत्पादन तथा वितरण गर्दै आएको कम्पनीले यो क्षेत्रमा सफल नमूना प्रस्तुत गरिसकेको छ । सरकारी स्वामित्वसमेत जोडिएको बीपीसीले विद्युत् उत्पादन तथा वितरणमात्र होइन परामर्श सेवाको जिम्मेवारी पनि पूरा गर्दै आएको छ ।

सोही कम्पनी मातहतको हिमताल हाइड्रोपावर कम्पनी लिमिटेडले ३२७ मेगावाटको अपर मर्स्याङदी २ जलविद्युत् आयोजनाको सर्वे लाइसेन्स पनि पाएको छ। लगानी बोर्डको कार्यालयबाट अध्ययनको काम पूरा गर्न लाइसेन्स पाएको हो। लगानी बोर्डका अनुसार सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा आयोजना विकास गर्न लागिएको छ। 

विभिन्न चरण पार गरेपछि कम्पनीले निजी क्षेत्रको नेतृत्व गर्दै यो आयोजना सिचुआन प्रोभिन्सियल  इन्भेष्टमेन्ट ग्रूप कम्पनी लिमिटेड, छेन्दु छिङचेङ इन्भेष्टमेन्ट ग्रूप र छिङ युआन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेड गरि तीनओटा चिनियाँ कम्पनीसँग मिलेर निर्माण गर्नेछ। 

आयोजना निर्माणका लागि ब्याजबाहेक ८२ अर्ब ४२ करोड रुपैयाँ लाग्ने अनुमान छ। ८० प्रतिशत तीन चिनियाँ कम्पनी र २० प्रतिशत बुटवल पावर कम्पनीले लगानी गर्नेछ। 

नेपाल स्टक एक्स्चेञ्च(नेप्से) मा सूचीकृत भएका करीब ३० ओटा जलविद्युत् कम्पनीहरुमध्ये अब्बल कम्पनीको रुपमा बीपीसी रहेको छ । नेप्सेमा सूचीकृत भएका ती कम्पनीहरुमध्ये यस कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रत्येक वर्ष आकर्षक लाभांश प्रदान गर्दै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)