ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

करिअर र विवाह व्यवस्थापनमा अब्बल अभिनेत्रीहरू, 'कोही त विवाहपछि मात्रै चम्किए'

२०७९ कात्तिक, २३  
विविध स्वास्थ्य र जीवन शैली
Tvs Raider Image Not Found

काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ । तर, अभिनेत्रीहरू भने करिअर निर्माणमै बढी समय खिर्चिने हुँदा परिवारले विवाहको साइत जुराएपनि त्यसलाई दुत्कारेर ढिलो विवाह गर्छन् । 

नेपाली ग्ल्यामर क्षेत्रमा केही त्यस्ता चर्चित अभिनेत्रीहरु छन्, जसले विवाह पश्चात पनि करिअरलाई उचाइमा लगेका छन् । बिहे गरेपछि ‘फ्यान फलोइङ’ घट्छ, अझ सन्तान जन्मिएपछि त फिल्मी करिअर नै समाप्त हुन्छ भन्ने बुझाइ ग्यामलर क्षेत्रमा पाइन्छ । यद्दपि नेपाली फिल्ममा बिहेपछि नै अभिनय करिअर शुरू गरेर सफलता चुमेका उदाहरण पनि थुप्रै छन् । सदाबहार अभिनेत्रीको ट्याग पाएकी अभिनेत्री करिश्मा मानन्धरले नै विवाहपछि मात्रै अभिनय यात्रामा सफलता हात पारेकी हुन् । 

कस्तुरी फिल्मको सुटिङका क्रममा सोही फिल्मका निर्माता विनोद मानन्धरसँग उनको विवाह भएको थियो । 

बिस.२०४६ मा निर्माण भएको ‘सन्तान’ फिल्मबाट अभिनय यात्रा शुरू गरेकी अभिनेत्री मानन्धर एक छोरीकी आमासमेत हुन् । यद्दपि फिल्म, विज्ञापन, म्युजिक भिडियोमा उनको अभिनय अहिलेपनि देख्न पाइन्छ । उनले फिल्ममा प्राप्त गरेको सफलता विवाह पश्चात नै हो । 

उनले अभिनय गरेको फिल्म ‘बगान’ आउँदो फागुनमा प्रदर्शन हुँदैछ । २०५२ सालमा निर्माण भएको ‘दाइजो’ फिल्ममा छोटो भूमिकामा देखिएकी अभिनेत्री झरना थापा २०५५ सालमा आफैले निर्माण गरेको ‘धर्मसङ्कट’ बाट स्थापित भएकी हुन् ।

 यो फिल्म उनका पति सुनिलकुमार थापाले निर्माण गरेका थिए । उनी होम प्रोडक्सनकै फिल्ममार्फत स्थापित भएकी हुन् । 'मेरो करिअरमा ‘ए मेरो हजुरको महत्व छ । यही फिल्ममा अभिनय गरेपछि मैले करिअरमा नयाँ उचाइ पाएँ । यही नामको फिल्ममार्फत निर्देशनमासमेत मेरो उदय भयो', अभिनेत्री थापाले भनिन्,'मलाई आमा हुँदा करिअरमा कुनै असर गरेन् । मैले छोरीलाई समय दिन सकिन भन्ने चाहिँ लाग्थ्यो ।'

रेखा थापाले पनि विवाह पछि मात्रै अभिनयमा सफलता हात पारेकी हुन् । सञ्चिता लुइँटेल, प्रियङका कार्की, केकी अधिकारी, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मा विवाह पश्चात अभिनयमा सक्रिय नै छन् । 

'विवाह पश्चात झनै स्वतन्त्र महसुस हुन्छ । विवाह अगाडि घरबाट साथ भए पनि समाजको बुझाइमा फरक हुनेरहेछ । श्रीमान्को साथले करिअरलाई अगाडि बढाउन मद्दत गरिरहेको छ । म छोरी र बुहारीलाई सन्तुलन गरेर अभिनय यात्रामा छु',अभिनेत्री शर्माले भनिन्,'अभिनेत्रीले अभिनय गर्न सक्दासम्म अन्य पक्षले असर गर्छ जस्तो लाग्दैन् ।' 

उनले अभिनय गरेको फिल्म ‘झिँगेदाउ’ यसवर्षको सुपरहिट फिल्ममा सामेल भएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro