ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

ब्याजदरको किचलो

२०७९ कात्तिक, २५  
पाठक विचार
Tvs Raider NA

नेपालमा अहिले ब्याजदरविरुद्धको आन्दोलन चलिरहेको छ जुन विश्वमै अनौठोभन्दा हुन्छ । एउटै व्यवसायी बैंकको प्रवर्द्धक छ । ऊ बैंक व्यवस्थापनलाई नाफा किन कम भएको भनेर प्रश्न गर्छ । अनि अर्कातिर ब्याजदर चर्को भयो भनेर सरकारविरुद्ध आफै सडकमा जान्छ ।

व्यवसायीहरू आफै स्वतन्त्र बजारको वकालत गर्छन् अनि आफै ब्याजदरमा हस्तक्षेप गर्न दबाब दिन्छन् । आफू टन्न मुनाफा कमाउँछन् अनि बैंकले कमाएको १५–२० प्रतिशत मुनाफालाई लुटेराको संज्ञा दिन्छन् । दबाब र प्रभावबाट माथि उठेको व्यावसायिक घरानाहरू सरकारलाई धम्क्याएर उपभोक्तालाई जिल्याएर असीम नाफा कमाइरहेका छन् । कोरोना कालमा व्यवसाय डुब्यो भनेर सस्तो कर्जा लिए । यस्तो पैसा धेरै व्यवसायीले शेयर र घरजग्गामा लगानी गरे । पैसा पनि कमाए । तर, अहिले राष्ट्र बैंकले यसमा कडाइ गरे पछि रूवाबासी चलेको छ ।

व्यवसायीले मागेका सुविधा दिन सक्ने अवस्थामा राष्ट्र बैंक छैन । यसले अर्थतन्त्रमा झनै समस्या ल्याउन सक्छ । उद्योगी व्यवसायीले भने अनुसार पुनर्कर्जा दिने, हचुवाका भरमा नियामकीय छूट दिने काम भयो भने नेपालको वित्तीय प्रणालीमा संकटमा पर्ने जोखिम छ । त्यसैले व्यवसायीले उठाएका सबै माग पूरा गर्ने हो भने अर्थतन्त्र केही बेर चल्ला तर त्यसले अर्को संकट निम्त्याउन सक्छ ।

मन्दीप अधिकारी
कलंकी, काठमाडौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro