ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

आधाभन्दा धेरै जापानी कम्पनीमा श्रमिक अभाव, रेस्टुराँ क्षेत्र सर्वाधिक मारमा

२०७९ कात्तिक, २५  
रोजगारी अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

टोकियो (जापान) । जापानका आधाभन्दा धेरै कम्पनीहरूमा कर्मचारी अभाव देखिएको छ । कोरोना भाइरसको महामारीको बेलामा खुम्चिएका आर्थिक तथा सामाजिक गतिविधिहरू पुनः लयमा फर्किन थालेसँगै अधिकांश क्षेत्रका उद्योगहरूले श्रमिकको अभाव बेहोरिरहेका छन् ।

कोभिड देखिनुअघि नै जापानको श्रम बजारले कयौं क्षेत्रमा चरम अभाव भोगिरहेको थियो । कोभिडबीच संक्रमण नियन्त्रण गर्न सरकारले आर्थिक तथा सामाजिक गतिविधिमा कडाई गर्दा खर्च कटौती गर्न उद्योगहरूले कर्मचारीलाई कामबाट निकाल्ने क्रम बढ्दा अभावबारे खासै चासो भएन ।

तर, निजी क्षेत्रबाट भएको एउटा सर्वेक्षणको प्रतिवेदनअनुसार ५० प्रतिशतभन्दा धेरै कम्पनीमा श्रमिक अभावको महसुस गरेका छन् । तेइकोकु डेटाबैंक लिमिटेडले सेप्टेम्बरमा गरेको सर्वेक्षणअनुसार सर्वेक्षणमा सहभागी भएका ५० दशमलव १ प्रतिशत कम्पनीले श्रमिक अभाव भोगिरहेको बताएका छन् ।

सर्वेक्षणमा सहभागी धेरै कम्पनीहरूले यस्तो बताएको यो सन् २०१९ को नोभेम्बरयता पहिलो पटक हो । पछिल्लो समय जापानले कोभिड फैलिन निदन सीमामा गरेको नियन्त्रण खुकुलो पारेको छ भने विदेशबाट आउने आगन्तुकको दैनिक संख्यामा लगाएको सीमा पनि खारेज गरेको छ । घरेलु पयर्टनलाई उकास्न सरकारले ल्याएको यात्रा छट कार्यक्रमले पनि पर्यटन गतिविधि बढाइहेको छ ।

यस्तोमा पर्यटन उद्योगमा थप पुनःबहालीको आशा बढेको छ । तर, केही कम्पनीहरूलाई श्रम अभावका कारण बजार माग धान्न नसक्ने हो कि भन्ने चिन्ता सताएको सर्वेक्षणले देखाएको छ । अनियमित खालका कामदारको अभाव बताउने कम्पनीको संख्या ३० दशमलव ४ प्रतिशत छ । अनियमित खालका कामदारको अनुपात उच्च हुने रेष्टुराँ र आतिथ्य क्षेत्रमा यो अभाव क्रमशः ७७ दशलमव ३ प्रतिशत र ६२ दशमलव ३ प्रतिशत छ । 

पूरा समय काम गर्ने कर्मचारीको अभाव सबैभन्दा धेरैचाहिँ सूचना सेवा क्षेत्रमा ७१ दशमलव ३ प्रतिशत छ । कर्मचारी खोजिदिने अनि भर्ती गराइदिने उद्योगमा ६५ प्रतिशत मर्मत सम्भार तथा सुरक्षा उद्योगमा भने ६४ दशमलव ६ प्रतिशत छ । तेइकोकुको सर्वेक्षण सेप्टेम्बर १५ देखि ३० को बीचमा गरेको थियो । सर्वेक्षणमा सहभागीमध्ये ११ हजार ६२१ ओटा कम्पनीबाट वैध उत्तर पाप्त भएको थियो । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro