काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था Khaptad Laghubitta Bittiya Sanstha Ltd. को साधारण शेयर(आईपीओ) सोमवार नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले ४ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । अब कम्पनीको शेयर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले पहिलो कारोबारको लागि नेप्सेले रू. १०१ दशमलव शून्य ७ देखि ३०३ दशमलव २१ ओपन रेञ्ज तोकेको छ ।
नेप्सेले पहिलो कारोबारको लागि वास्तविक नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले सर्वसाधारण र कर्मचारीको लागि निष्कासन गरेको १ लाख ३२ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको २ लाख ६८ हजार कित्ता गरी कुल ४ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको छ ।
कम्पनीको स्टक सिम्बोल केएलबीएस रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटीएस सेवा मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरबाट दिने पनि जानकारी दिएको छ ।