ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सोमवार आईपीओ सूचीकृत भएको खप्तड लघुवित्तको वित्तीय अवस्था कस्तो ?

२०७९ कात्तिक, २९  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

विवरणअनुसार चालू आवको पहिलो त्रैमाससम्म कम्पनी रू.४ लाख १३ हजार खुद नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमाससम्म कम्पनीले रू. ६ लाख ८५ हजार नाफा कमाएको थियो । 

चालू आवमा खर्च वृद्धि भएको एवं सम्भावित जोखिम व्यवस्थापनमा धेरै रकम छुट्याएकाले कम्पनी नोक्सानीमा गएको हो । गत आवको तुलनामा कम्पनीमा चालू आवमा कर्मचारी खर्च १८९ प्रतिशत र अन्य सञ्चालन खर्च १५७ प्रतिशत वृद्धि भएको छ । 

यसो त कम्पनीले गत आवमा सम्भावित जोखिम बापतको व्यवस्थापनमा १ लाख ८२ हजार मात्र छुट्याएकोमा चालू आवमा रू. ७ लाख २५ हजार छुट्याएको छ । सम्भावित जोखिम व्यवस्थापनमा धेरै रकम छुट्याएकाले सञ्चालन नाफा रू. ८ लाख १५ हजार ऋणात्मक रहेको छ । 

चुक्तापूँजी रू. ४० करोड रहेको कम्पनीले जगेडामा रू. ४५ लाख ७२ हजार सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमाससम्म रू. २५ करोड ६६ लाख सापटी र रू. १ करोड २६ लाख निक्षेप संकलन गरी कम्पनीले रू. २८ करोड ९५ लाखभन्दा बढी कर्जा लगानी गरेको छ । सोमवार कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज (मंगलवार) धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनुपर्नेमा स्पेशल प्रि-ओपन सेसनमा म्याचिङ नभएकोले कारोबार भएको छैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)