ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत् विक्री आम्दानी बढे पनि अपर तामाकोशी हाइड्रोपावरको नाफा घट्यो, यस्तो छ कारण ?

२०७९ कात्तिक, ३०  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ८६ करोड नाफा कमाएकोमा चालू आवमा रू. ७९ करोड ७७ लाखमा सीमित भएको छ । 

चालू आवमा कम्पनीको वित्तीय खर्च बढेकोले नाफा घटेको हो । गत आवमा कम्पनीको वित्तीय खर्च रू. ५० करोड ६४ लाख रहेकोमा चालू आवमा बढेर रू. १ अर्ब ६८ करोड भन्दा बढी पुगेको छ । 

त्यसैगरी कम्पनीको विद्युत विक्री आम्दानी भने गत आवको तुलनामा चालू आवमा १०६ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत् विक्रीबापत रू. १ अर्ब ७२ करोड आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ३ अर्ब ५६ करोड भन्दा बढी पुगेको छ । 

कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब ५९ करोड रहेको छ भने चालू आवको पहिलो त्रैमासमा कम्पनीको जगेडा कोष  रू. १ अर्ब ९४ करोड ऋणात्मक रहेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । 

गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव १२ रहेकोमा चालू आवमा रू. ७ दशमलव ५३ कायम भएको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८१ द्यशमलव ५० र तरलता अनुपात शून्य दशमलव ५१ प्रतिशत रहेको छ । 

राष्ट्रिय गौरवको ४५६ मेगावट क्षमताको मथिल्ले तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७८ भदौ २५ देखि पूर्ण रूपमा विद्युतको व्यापारिक उत्पादन भइरहेको कम्पनीले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)