ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

गरिबी नेपालको, तथ्यांक आ–आर्फनै

२०७९ मंसिर, १  
१० वर्ष अघि
Tvs Raider NA

एशियाली विकास बैंक (एडीबी) ले हालै सार्वजनिक गरेको अध्ययनमा नेपालको आधा जनसंख्या निरपेक्ष गरीबीको रेखामुनि रहेको उल्लेख गरेको छ । अक्सफोर्ड विश्वविद्यालयले केही समयअघि सार्वजनिक गरेको त्यस्तै अध्ययनले यो संख्या ६४ प्रतिशत बताएको छ । यी दुई तथ्यहरू एक आपसमा विरोधाभासपूर्ण रहे पनि यसले नेपालमा गरीबीको अवस्थाको डरलाग्दो तस्वीर देखाएको छ । अक्सफोर्डको तथ्यांकप्रति राष्ट्रिय योजना आयोगले आपत्ति प्रकट गर्दै गरीबीको अवस्था त्यो भन्दा निकै कम अर्थात् जम्मा २५ प्रतिशत जनतामात्र गरीबीको रेखामुनि रहेको बताएको थियो । तर, एडीबीको प्रतिवेदनबारे आयोगको धारणा आएको छैन ।

आर्थिक वर्ष २०६६/६७ मा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत कायम हुने एडीबीले प्रक्षेपण गरेको छ । दैनिक १ दशमलव २५ अमेरिकी डलर अर्थात् करीब रू. ९५ भन्दा कम आयमा बाँचेका जनतालाई गरीबीको रेखामुनि मानेर बैंकले यो प्रतिवेदन बाहिर ल्याएको छ । यो अवस्थामा कति प्रतिशत नेपाली बाँचेका छन् त्यो यथार्थ बुझ्न तल्लो तहसम्म गम्भीर अध्ययन गर्नुपर्ने हुन्छ । एडीबी होस् या अक्सफोर्ड तिनले नेपालको अवस्थाबारे तल्लो तहसम्म पुगेर वास्तविकता अध्ययन गरेको पाइँदैन । ती अन्तरराष्ट्रिय संस्थाहरू अधिकांशतः नेपालका केही गैरसरकारी संस्थाहरूले सतही अध्ययनमा भर पर्ने गरेका छन् । अन्यथा अक्सफोर्ड र एडीबीको अध्ययनबाट निस्किएको नतीजामा त्यति ठूलो अन्तर पक्कै हुने थिएन ।

(सम्पादकीयबाट)
वर्ष ६, अंक २४, बिहीवार, १४ असोज, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro