काठमाडौं (अस) । कतार विश्व कपमा सहभागी ३२ ओटै देशले आफ्नो खेलाडीहरुको टोली बनाइसकेको छ । हरेक देशसँग विश्वकपमा खेल्नका लागि २६ खेलाडी हुनेछन् । तर यीमध्ये हेर्न लायक केही खेलाडीहरु यस प्रकार छन्:
ह्यारी केन (बेलायत)
हरेक विश्वकपमा खेलेको खेलमा केनले औसत एक गोल गरेका छन् । बेलायतका अहिलेसम्मकै धेरै गोल गर्ने खेलाडी वायन रुनीसँग बराबरी गर्न केनलाई अब २ गोलको खाँचो छ । केन अलन राउन्ड खेलाडी हुन् । आफ्नो देशको लागि महत्वपूर्ण क्षणमा केनलेृ सधैं गोल गर्ने मौका बनाएका छन् । यस पटकको विश्वकपमा पनि बेलायतलाई उनको यो खुबीको निकै जरुरत हुने देखिन्छ ।
रोबर्ट लेवान्डोस्की (पोल्यान्ड)
बार्सिलोनाका लागि खेलेको पहिलो १९ खेलमा लेवान्डोस्कीले १९ गोल गरेका छन् । यो विश्वकपमा पोल्यान्डबाट धेरै आशा गरिएको छैन । तर नसोचेको कुरा भयो भने यसको बीचमा लेवान्डोस्की हुनेछन् । लेवान्डोस्की पोल्यान्डका सबैभन्दा भरपर्दो गोलकर्ता हुन् ।सात सिजनसम्म उनी जर्मनीको बुन्देसलिगाका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी थिए । २०२०–२१ को सिजनमा मात्रै उनले ४१ गोल गरेका छन् । क्लब खेलमा उनलाई गोल गर्ने मेशिन नै भनेपनि हुन्छ । उनी परिपक्व खेलाडी हुन्, मिहेनती त छन् नै अनुशासित पनि छन् । यो विश्वकपको क्वालिफाइङ खेलमा लेवान्डोस्कीले ९ गोल गरेका थिए भने अर्को ९ गोल गर्न सघाएका थिए । समूह चरणमा उनले पोल्यान्डका लागि धेरै गोल गरे भने पनि अचम्म मान्नु पर्दैन ।
करिम बेनजेमा (फ्रान्स)
२०२२ का बालोन डी’ओर विजेता बेनजामा यो सूचिमा छुट्ने कुरै भएन । कानूनी घोटालाका कारण फ्रान्सको राष्ट्रिय टोलीबाट बाहिरिएदेखि फुटबल सुपरस्टार बन्दा सम्मको उनको जादु कम छैन । चोटका कारण मध्य सेप्टेम्बरयता एउटा मात्रै खेल मात्रै खेलेका बेनजेमालाई विश्वकपको टोलीमा आउँदा उनका समर्थकहरु अचम्भित भएको हुनु पर्छ । बालोन डी’ओर जितेका खेलाडी भएकोले पनि यस पटकको विश्वकपमा उनीमाथि दबाब र आशा दुबै बढेको छ ।
ग्यारेथ बेल (वेल्स)
बेलले आफ्नै भरमा वेल्लिाई ६४ वर्षयता पहिलो पटक विश्वकपको उपाधी चुमाउन सक्छन् भन्ने आशा त गर्न सकिन्न । वेल्सको टोलीमा केही भद्र खेलाडीहरु छन् । तर बेल विश्व फुटबलका सुपरस्टार हुन् । उनी लयमा आउँदा विपक्षीका लागि विनाशकारी साबित हुन्छन् ।
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
फिफा विश्वकपको कुरा गर्ने अनि रोनाल्डोको नाम नै नआउने पनि हुन सक्छ र ? अहिले म्यानचेष्टर युनाइटेडमा उनलाई रमाइलो छैन । आफ्नो छाप छाड्न कसरी छाड्ने भन्ने सकसमा पनि उनी छन् । पोर्चुगलका अहिलेसम्मकै सर्वाधिक गोलकर्ता हुन् रोनाल्डो । पोर्चुगलका लागि उनले ११७ पटक गोल गरेका छन् । सन् २००३ मा पोर्चुगलको टोलीमा खेल्न शुरु गरेको रोनाल्डोले यूरोकपमा आफ्नो टिमलाई उपाधी चुमाएका छन् । तर विश्वकपको कुरा गर्नु पर्दा उनको प्रदर्शन आशा गरेजस्तो छैन । तर पछिल्लो समय उनी अलि सेलाएको जस्तो देखिन्छन् । उनले जसरी गोल गर्थे त्यो जादु हराएको छ । आफ्नो देशलाई समूह चरणबाट माथि पुर्याउन रोनाल्डोले सक्लान त ? सुपरस्टार खेलाडी भएर पनि आफ्नो देशका लागि विश्वकप जिताउन नसक्ने अभागी खेलाडीको कलंक यस पटकको विश्वकपमा मेटाउलान् ?
हकिम जियच (मोरकक्को)
सटिकता, गति, ड्रिबलिङ अनि फ्रि किक यी सबैले जियकचलाई कतार विश्वकपमा खेल्ने सबैभन्दा खतरनाक खेलाडीको पङ्त्तिमा उभ्याएको छ । समूह चरणको खेलबाट मोरक्को माथि आयो यसको श्रेय जेइचलाई नै जानेछ । उनले टिमलाई गोलका लागि त सघाउँछन् नै आफैं पनि गोल गर्ने मौका जुटाउँछन् । उनले मोरक्कोका लागि १७ गोल गरेका छन् ।
नेमार (ब्राजिल)
ब्राजिलको कुरा गर्दा नेमारको नाम नआउने त कुरै भएन । यिनको बारेमा केही भन्न जरुरी छ र ? उनले ब्राजिलका लागि ७५ गोल गरेका छन् । विश्वकपको क्वालिफाइङ खेलहरुमा नेमारले ११ गोल गरेका छन् भने ९ गोल गर्न सघाएका छन् । स्ट्राइकर, मिडफिल्डर जेको रुपमा पनि खेल्ने खुबी छ नेमारमा नेमारमा तपाईले आशा गरेका सबै सिप, ट्रिक्स र फ्लिक्स पाउनु हुनेछ । यिनी दुबै खुट्टाले बल हान्न सक्छन् । तर कहिलेकाँही भने यिनले ब्राजिललाई निराश पनि पारेका छन् । यो पटकको विश्वकपमा ब्राजिलले नेमारसँग ठूलै आशा गरेको छ ।
लियोनल मेसी (अर्जेन्टिना)
मेसीलाई उनको पुस्ताको सबैभन्दा उत्कृष्ट फुटबल खेलाडी भन्दा पनि हुन्छ । मेशीले सात ओटा ब्यालन डी’आर जितेका छन् । यूरोपमा उनले तोड्न बाँकी कुनै पनि रेकर्ड छैन । तर विश्वकपमा भने उनले अहिलेसम्म चम्किने मौका पाएका छैनन् । यो विश्वकपमा पनि उनी धेरैले आशा गरेका खेलाडी हुन् । यो विश्वकप मेसीका लागि अन्तिम हुनेछ । सुपरस्टार खेलाडी भएर पनि आफ्नो देशका लागि विश्वकप जिताउन नसक्ने अभागी खेलाडीको कलंक यस पटकको विश्वकपमा मेसीले मेटाउलान् त ? यो भने हेर्न बाँकी नै छ ।
काइलियान एमबाप्पे (फ्रान्स)
नयाँ पुस्तामा मेसी र रोनाल्डोको ठाउँ लिन सक्ने खेलाडी को छ ? धेरैको मुखमा काइलियान एमबाप्पेको नाम आएको हुनु पर्छ । एमबाप्पने विश्वको सबैभन्दा बढी रकम पाउने खेलाडी हुन् । २३ वर्षका यी खेलाडीले फ्रान्सका लागि खेलेको खेलमा यस अघि नै २८ गोल गरिसकेका छन् । दुबै खुट्टाले उत्तिकै पोख्त भएर खेल्न सक्ने अर्का खेलाडी हुन् एमबाप्पे । बल पाएपछि उनले देखाउने सृजनशिलता, विष्फोटक गति, अनि अचानक गति र दिशा फेर्न सक्ने उनको कलाले विपक्षीहरुलाई पनि ट्वाल्ल बनाउने गरेको छ । विश्वकपका अहिलेसम्मकै उत्कृष्ट खेलाडी बन्ने क्षमता एमबाप्पेमा छ । यो लक्ष्य नजिक पुग्ने कतार विश्व कप उनका लागि ठूलो स्टेज हो ।
हेर्न लायक १० खेलाडी भनेपनि हामीले यहाँ ९ खेलाडीको वारेमा मात्रै उल्लेख गरेका छौं । यो विश्वकपमा तपाईंले आशा गरेको थप १ जना खेलाडीको नाम कमेन्ट बक्समा थप्नुहोस ।
भिनिसियस जुनियर, ब्राजिल