ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

साउदीमा नेपालीका ३० भन्दा बढी लाश अलपत्र

२०७९ मंसिर, २  
१० वर्ष अघि
Tvs Raider NA

साउदी अरबमा ३० भन्दा बढी नेपालीको शव अलपत्र छन् । तीमध्ये दुई नेपालीको शव लामो समयदेखि अलपत्र रहेको बताइएको छ । वैदेशिक रोजगारीमा गएका रोल्पा जिल्लाको रंक गाविस–९ का हर्कबहादुर विक र सिन्धुली जिल्ला तिलपुछ गाविस–६ का हर्कबहादुर मगरको शव अलपत्र रहेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकाटाले बताए ।

हर्कबहादुर विकका परिवारले हर्जाना नपाई शव बुझ्न अस्वीकार गरेपछि उनको शव साउदीमै रहेको छ । उनको सन् २००९ को फेब्रुअरी ११ मा मृत्यु भएको थियो । रोजगारदाता कम्पनी शव नेपाल पठाउन इच्छुक भए पनि मृतकका परिवारले हर्जाना नपाई शव नबुझ्ने भनेपछि शव ल्याउन नसकिएको बताइएको छ ।

यस्तै कामको सिलसिलामा दुर्घटनामा परी सन् २००९ डिसेम्बर २२ मा मृत्यु भएका हर्कबहादुर मगरको शव पनि अलपत्र अवस्थामा रहेको छ । उनी कुन कम्पनीका माध्यमबाट कहिले कुन कम्पनीमा के काम गर्न गएको भन्ने तथ्यांकसमेत नभएको बुझिएको छ ।

बोर्डका अनुसार त्यसबारे साउदी सरकारले छानबिन गरिरहेको छ । नेपाल सरकार उनको शव ल्याउन तयार रहे पनि छानबिनको क्रममा रहेकाले साउदी सरकारले ल्याउन नदिएको पनि कार्यकारी निर्देशक देवकाटोले जानकारी दिए ।

ती शवलाई ल्याउन बोर्डले पहल गरिरहेको छ । बोर्डले २० वटा शवबारे छानबिन गरिरहेको छ ।

वर्ष ६, अंक २४, बिहीवार, १४ असोज, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro