ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुन प्रतिऔँस १५ सय डलर पुग्ने अनुमान

२०७९ मंसिर, ४  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary NA

विश्व प्रसिद्ध सुन उत्खनन कम्पनी व्यारिक गोल्डले आगामी वर्ष सुनको मूल्य प्रतिऔँस १ हजार ५ सय अमेरिकी डलरभन्दा बढी हुने बताएको छ ।

‘सुन बजारमा नयाँ महत्त्वपूर्ण क्रेताहरू आइरहेको हामीले थाहा पाएका छौंँ,’ कम्पनीका प्रमुख वित्तीय अधिकारी जेमी सोकाल्स्काईले सोमवार भने । उनले भने, ‘सुनको मूल्य अहिलेको भन्दा झन् बढ्नेछ र अर्को वर्ष प्रतिऔँस १ हजार ५ सय डलरभन्दा माथिको  नयाँ रेकर्ड कायम हुनेछ ।’

सोमवार सुनको स्पटमूल्य १ हजार ३ सय डलर पुगेको थियो । लण्डन बुलियन मार्केट एशोसिएसनको सोमवारको बैठकमा सहभागीहरू सुनको मूल्य अझै बढ्ने विश्वासमा थिए । उनीहरूको  अनुमान अनुसार सुनको मूल्य आगामी वर्ष यसै बेला १ हजार ४ सय डलर प्रतिऔँस पुग्नेछ ।

सोकाल्स्काईका अनुसार  मुद्रास्फीति समायोजन गर्दा सन् १९८० दशकको शुरूमा सुनको मूल्य प्रतिऔँस २ हजार ३ सय अमेरिकी डलर थियो । हाल त्यसको तुलनामा सुनको मूल्य बढी नै हुनुपर्ने उनको तर्क छ । समष्टिगत अर्थतन्त्रका तत्त्वहरू, आपूर्ति र मागका तत्त्वहरू, भूराजनीतिक तनाव र अझै विद्यमान ऋण संकट आदिले गर्दा  सुनको मूल्य अहिलेको तहबाट उकालो नै लाग्नेछ ।

विश्वव्यापी आर्थिक संकटले गर्दा लगानीकर्ताहरू सुरक्षित लगानीका क्षेत्रतर्फ फर्केपछि सुनको माग ह्वात्तै बढेको छ । तर, बजारमा मागको तुलनामा आपूर्ति भने सहज भइरहेको छैन ।

वर्ष ६, अंक २४, बिहीवार, १४ असोज, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)