काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. ८८ लाख ८२ हजार खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नाफा १० दशमलव ८६ प्रतिशतले घटेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ९९ लाख ६४ हजार खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी १८ दशमलव २१ प्रतिशतले बढेको छ । गत वर्ष रू. ३ करोड २४ लाखभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ८३ लाखभन्दा बढी आम्दानी गरेको हो ।
विद्युत विक्री आम्दानी बढेपनि वित्तीय खर्च बढ्दा कम्पनीको खुद नाफा घटेको हो । गत वर्ष रू. ४० लाख ३४ हजार वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष रू. ५० लाख ९६ हजार वित्तीय खर्च गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ७९ लाख ७ हजार रहेको कम्पनीको रिटेन्ड अर्निग रू. १ करोड ७१ लाखभन्दा बढी रहेको छ । कुल चालू सम्पत्ति रू. २४ करोड ५५ लाखभन्दा बढी रहेको कम्पनीको कुल चालू दायित्व रू. २० करोड ९९ लाखभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १६ दशमलव ९२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३९ रहेको छ ।