ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बागलुङको सर्कुवा मतदान केन्द्रमा जनमोर्चाका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found

 

बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य डा. सुर्यपाठकले राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएका  छन् । जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार सूर्य पाठकले बताए ।

पाठकका अनुसार जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर दिउँसो २ बजेदेखि बुथ कब्जा गरेका छन् । आँफुले यस बारेमा  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा  जानकारी गराएको बताएका छन् । पाठकले   पुनः मतदान हुनुपर्ने माग समेत गरेका छन् ।

मतपत्र कब्जा गर्ने, एमालेका कार्यकर्तालाई लखेट्ने र फर्जी मतपत्र खसाल्ने जस्ता कार्यले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न खडा भएको उनको भनाइ छ । बागलुङ १ मा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार छन्  ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)