काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १ करोड ५९ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत आवको पहिलो त्रैमाससम्मको तुलनामा यस आवमा कम्पनीको खुद नाफा ५१ दशमलव १४ प्रतिशत कम भएको हो । गत आवको यस अवधिसम्म कम्पनीले रू. ३ करोड २७ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत आवभन्दा यस आवमा कम्पनीको सञ्चालन नाफा पनि ५१ दशमलव १४ प्रतिशत नै घटेको छ । गत आवमा रू. ४ करोड ६७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस आवमा वर्ष रू. २ करोड २८ लाखभन्दा बढी मात्र उक्त नाफा गरेको हो । कम्पनीको खुद सञ्चालन आम्दानी गत आवभन्दा करिब १६ प्रतिशत कम भएकाले सञ्चालन नाफा र खुद नाफामा असर परेको हो । गत आवमा रू. ८ करोड ८० लाखभन्दा बढी खुद सञ्चालन आम्दानी गरेको कम्पनीले यस आवमा रू. ७ करोड ४० लाखभन्दा बढी खुद सञ्चालन आम्दानी गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १४ करोड ७५ लाख छ भने रिटेन्ड अर्निङ ५ दशमलव ५९ प्रतिशत बढी रू. १५ करोड ६२ लाखभन्दा बढी छ । कम्पनीको जगेडा कोष रकम गत आवभन्दा ६ दशमलव ३८ प्रतिशत बढी रू. १२ करोड ६९ लाखभन्दा बढी कायम भएको छ ।
गत आवभन्दा करिब ३ प्रतिशत रू. १ अर्ब ३७ करोड ७६ लाखभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले गत आवभन्दा ६ दशमलव २० प्रतिशत बढी रू. २ अर्ब ८० करोड ५८ लाखभन्दा बढी कर्जा सापटी लिएको छ । यस आवमा कम्पनीको कर्जा सापटी भने ४ दशमलव ८९ प्रतिशत बढी रू. ४ अर्ब ६१ करोड छ । गत आवमा ३ दशमलव शून्य ५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस आवमा घटेर २ दशमलव ७७ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी रू.४३ दशमलव ३९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २९२ दशमलव शून्य ३ छ ।