पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले शुरुवाती अग्रता बनाएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५४१ मतगणना हुँदा स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १६२ मत पाएका छन् ।
यस्तै, नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले १२२ मत ल्याएकी छन् भने लोकतान्त्रिक–वाम गठबन्धनतर्फबाट नेकपा एसका उम्मेदवार श्रीनाथ बरालले ११० मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतवार देशभर मतदान भएको थियो ।