ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ललितपुर–३ : स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा र एमालेका खड्काबीच कडा टक्कर ! 

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ललितपुर–३ मा नेकपा (एमाले)का उम्मेदवार अमृत खड्काले अग्रता बनाएका छन् । मतगणनाको प्रारम्भिक नतिजा अनुसार खड्काले ५१३ मत पाएका छन् । उनलाई पछ्याइरहेका छिन्, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की । उनले ४९८ मत पाएकी छन् । खड्का र तोसिमाको मतान्तर जम्मा १५ मत मात्रै छ । 

ललितपुरका बाँकी दुवै क्षेत्रमा पनि एमाले अग्र स्थानमा छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार ललितपुर–१ मा एमाले उम्मेदवार नवराज सिलवाल ६६७ मतसहित अग्रस्थानमा छन् । ललितपुर–२ मा पनि एमालेकै उम्मेदवार प्रेमबहादुर महर्जनले १३१७ मतसहित अग्रता बनाएका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतवार देशभर मतदान भएको थियो । तीमध्ये १५ स्थानमा मतदान स्थगित भएको थियो । मतदान भएका क्षेत्रमा मतगणना जारी छ । केही क्षेत्रमा भने मतगणना शुरु गर्ने तयारी छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)