ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको विशेष साधारण सभा मंसिर १८ मा, के - के छन् प्रस्ताव ?

२०७९ मंसिर, ५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले विशेष साधारण सभा मंसिर १८ गते गर्ने भएको छ ।

विशेष साधारण सभा कम्पनीको सभा कक्ष नक्साल, काठमाडौंमा बिहान १० बजे हुने छ । सभाले नेपाल बङ्गलादेश क्यापिटल र नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड एक आपसमा गाभिने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले यी दुई क्यापिटलको शेयर आदान प्रदान अनुपात १ : ०.२७ अर्थात् नेपाल बङ्गलादेश क्यापिटलको १ शेयर बराबर नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको शून्य दशमलव २७  शेयर प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले यी दुई क्यापिटल बीच एक आपसमा मर्ज भएपछि बन्ने कम्पनीको नाम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड राख्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले दुई क्यापिटल एक आपसमा मर्जर गर्ने प्रक्रियामा आवश्यक पर्ने कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)