काठमाडौं । काठमाडौं ४ लाई लिएर गरिएका एक्जिट पोल सर्वेक्षणले गगन थापा भारी मतान्तरले विजयी हुने देखाएका थिए । तर प्रारम्भिक मतपरिणाममा भने त्यस्तो देखिएको छैन ।
नेपाली कांग्रेसका उम्मेदवार थापा भन्दा एमालेका उम्मेदवार राजन भटराई धेरै पछि छैनन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ६६८ मत पाउँदा उनलाई पछ्याइरहेका छन् नेकपा एमालेका भट्टराईले ६३३ मत पाएका छन् । यो भनेको ३५ मतको मात्रै मतान्तर हो ।
यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाएको छन् । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको छैन ।
रास्वपाले उम्मेदवारी नदिँदा गगनले सहजै जित्ने अनुमान गरिएको यो क्षेत्रको प्रारम्भिक मत परिणामले भटराईले थापालाई कडा चुनौती दिने देखिएको छ ।
आफू भावी प्रधानमन्त्री भनेर मत मागेका थापालाई गठबन्धनका कुनै पनि नेताले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा लिएका छैनन् । उनले चुनाव जितेमा संसदिय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् ।
थापाले आफूलाई प्रधानमन्त्री घोषणा गरेका कारण कांग्रेसको अन्तर्घातका कारण थापाले चुनाव हार्न सक्ने अड्कल बाजी पनि भएका छन् । चुनाव कसले जित्ने भन्ने कुरा त मतगणना सकिएपछि मात्रै थाहा हुने छ ।