ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

९० स्थानको मतगणना शुरू हुँदा एमालेभन्दा कांग्रेस दोब्बर ठाउँमा अघि, घण्टी तेस्रो स्थानमा

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बेलुका ७ बजेसम्म ९० निर्वाचन क्षेत्रको मतगणना शुरू भएको छ । यसमा नेपाली कांग्रेसले १ जित सहित ३४ स्थानमा अग्रता लिएको छ । दोस्रोमा रहेको नेकपा एमालेले १७ स्थानमा अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९ स्थानमा अग्रता लिँदै तेस्रो स्थानमा रहेको छ ।

एकिकृत समाजवादीले ७ स्थानमा अग्रता लिँदा नेकपा माओवादी केन्द्र र राप्रपाले ५/५ स्थानमा अग्रता लिएका छन् । जनता समाजवादी पार्टीले ४ स्थानमा अग्रता लिएको छ । 

नागरिक उनमुक्ति पार्टी २, जनमत पार्टी १, हाम्रो नेपाली पार्टी १, लोकतान्त्रीक समाजवादी पार्टी १ र अन्य दलले ३ ठाउँमा अग्रता लिएका छन् । 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)