कतार । यो पटकको विश्वकप गोलकपिरका लागि अहिलेसम्मकै गाह्रो देखिएको छ । कतार विश्वकप २०२२ मा अघिल्ला प्रतियोगिताहरुको तुलनामा छोटो समयमा गोल भइरहेको उरुग्वेका गोलकिपर सेर्गियो रोचेतले बताएका छन् ।
विश्वकपको इतिहासका अन्य प्रतियोगिताको तुलनामा कतारमा नयाँ बल ‘अल रिह्ला’ द्धिटो भइरहेको फिफाले पनि भनेको छ ।
हरेक वर्ष स्ट्राकरहरुका लागि प्रतियोगिता राम्रो हुँदै गइरहेको अनि गोलकिपरका लागि भने कठिन भइरहेको रोचेतले आइतवार दक्षिण कोरियासँगको पहिलो खेल अघि आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।
हुन पनि विश्वकपमो पहिलो २ खेलमा १० गोल भइसकेका छन् । कतार र इक्वेडर बीचको खेल २-० ले सकिएको थियो । तर इगल्याण्ड र इरानबीचको खेलमा भने गोलको वर्षा भएको छ । निर्धारित ९० मिनेटको खेलमा ८ गोल भएका छन् । जसमा इगल्याण्डले ६ गोल गर्दा इरानले २ गोल गरेको छ ।