काठमाडौं । चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले मतान्तर बढाएका छन् । ढकाल अहिले कांग्रेस उम्मेदवार विश्वनाथ पौडेल भन्दा करीब ४०० मतले अघि छन् ।
६ हजार ६६९ मत गन्दा रास्वपाका ढकालले २ हजार ४०७ मत पाएका छन् । कांग्रेसका विश्वनाथ पौडेलले २ हजार ८१ मत पाउँदा एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले १ हजार ७४४ मत पाएका छन् । राप्रपाका उम्मेदवारले १७० मत पाएका छन् ।
रास्वपा उम्मेदवार ढकाल शेयर लगानीकर्ता हुन् भने कांग्रेस उम्मेदवार पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।