ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बल्ल आउँदै नेपालमा जीप

२०७९ मंसिर, ६  
१० वर्ष अघि
Tvs Raider NA

साखः एन्ड कम्पनीले प्रालिले नेपाली बजारमा पहिलोपटक जीप ल्याउने भएको छ । अमेरिकी कम्पनी जीपको जीप र क्राइस्लर ब्राण्डको कार ल्याउने भएको हो । ‘अहिलेसम्म नेपालमा जस्तोसुकै गाडीलाई पनि जीप भन्ने गरेकामा अब वास्तवमै जीप ल्याउने तयारी गरेका छौं,’ कम्पनीका प्रबन्ध निर्देशक प्रबल साखःले भने, ‘कार  र जीप ल्याउने  तयारी भइरहेको छ, करीब डेढ महिनासम्म आइपुग्छ ।’

कम्पनीले शुरूमा जीपका तीन मोडल नेपाल ल्याउने तयारी गरिरहेको बताएको छ ।  उक्त मोडलमा र्‍याङलर, प्याट्रोइट र  चेरोकी रहनेछन् । कम्पनीले यी गाडीको मूल्य न्यूनतम ६० लाखदेखि शुरू हुने बताएको छ । डिजलबाट चल्ने यी जीपको इन्जिन क्षमता ३८ सय सीसी रहेको छ । जीप अन्तरराष्ट्रियस्तरमा स्थापित कम्पनी हो ।  जीपले अन्य कुनै पनि गाडी पुग्न नसकेको अग्लो स्थान २१ हजार ८ सय ४ फिटको उचाइसम्म पुगेर गिनिज बुक अफ बल्र्ड रेकर्डस्मा नाम लेखाएको छ । साखः भन्छन्, ‘जीप दोस्रो विश्वयुद्धमा समेत प्रयोग भएको अति बलियो एवम् आरामदायी गाडी हो ।’

गाडीका पारखीहरूका लागि जीप अत्यन्त प्रभावकारी साधन बन्न सक्छ भन्ने लागेको छ ।  नेपालमा पहाड धेरै भएका कारण जीप उपयुक्त हुने कम्पनीको दाबी छ ।  विकट स्थानमा हाइड्रोपावरलगायत व्यवसाय गर्नेहरूका लागि जीप नै यातायातको सजिलो र भरपर्दो  साधन बन्न सक्ने साखःको भनाइ छ ।

वर्ष ६, अंक २४, बिहीवार, १४ असोज, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro