ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन दिनको पैदलमार्गबाट मतपेटिका ढुवानी

२०७९ मंसिर, ६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रका मतपेटिका छिटोमा मंगलवार अबेर मात्र मतगणनास्थल पुग्ने भएका छन् । सदरमुकाम फुङ्लिङदेखि लामो दूरी र यातायातको पहुँच नपुग्ने तथा हेलिकोप्टर पनि नआएकाले तीन दिनको पैदलमार्गबाट मतपेटिका ल्याइने भएको हो ।

फक्ताङलुङ गाउँपालिका–७ को ओलाङचुङगोला र याङ्मा फक्ताङलुङ गाउँपालिका–६ ग्याब्ला र घुन्साको मतपेटिका मंगलवार अबेरमात्रै गाणनास्थल आइपुग्ने मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जानकारी दिएको हो ।

हेलिकोप्टरमार्फत ढुवानी गर्ने भनिए पनि पैदलमार्गबाटै ल्याउनुपर्ने भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । ‘इलाडाँडामा चारओटै मतदान केन्द्रको मतपेटिका संकलन हुन्छ । त्यहाँबाट गाडीमा मंगलवार बेलुकी आइपुग्छ,’ उनले भने । एक सय १९ ओटा मतदान केन्द्रको मतपेटिका सोमवार मुख्य निर्वाचन कार्यालय फुङ्लिङमा पुर्‍याइएको छ ।

जिल्लामा ४८ हजार तीन सय ५५ मत खसेको निर्वाचन अधिकारी दिनेश खनालले बताए । यहाँ ८८ हजार दुई सय ८५मतदाता छन् ।

सबै मतदान केन्द्रको मतपेटिका जम्मा भएपछि मात्र मतगणना गर्ने तयारी भइरहेको निर्वाचन कार्यालय ताप्लेजुङले बताएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)