काठमाडौं । चितवन -२ मा रवि लामिछानेको मतान्तर स्वाट्टै घटेको छ । एमाले उम्मेदवार कृष्ण भक्त पोख्रेलले २३३१ मत ल्याउँदा रवि लामिछानेले २२२७ मत प्राप्त गरेका छन् ।
दोस्रो नम्बरमा रहेका उमेश श्रेष्ठ अहिले तेस्रो स्थानमा झरेका छन् । उनले २०३६ मत प्राप्त गरेका छन् ।
पछिल्लो पटक खोलिएका मतपेटिकामा रविले राम्रो मत ल्याउँदै दुरी घटाएका छन् । यस पछि गनिने मतबाट रविले अग्रता लिने उनका समर्थकहरूले बताएका छन् ।
यसपछि मतगणना हुने क्षेत्र चितवनको शहरी क्षेत्र भएकाले रविले त्याहाँबाट राम्रो भोट ल्याउने रास्वपाका कार्यकर्ताको दाबी छ ।