काठमाडौं । चितवन -३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई ५ मतले पछि पार्दै पाण्डेले अग्रता लिएका हुन् ।
पाण्डेले २३५६ मत ल्याउँदा कोइरालाले २३४९ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका भोजराज अधिकारीले २२१४ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले पनि २०७८ मत ल्याएकी छिन् ।
यहाँ राप्रपा, कांग्रेसका बागी कोइराला, माओवादी र रास्वपाको मतान्तर ठूलो छैन । यहाँ चार उम्मेदवार बीच नै कडा टक्कर देखिएको छ ।
यो क्षेत्रबाट २०७४ को निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डले चुनाव जितेका थिए । अहिले प्रचण्डले आफूलाई सुरक्षित ठाउँ खोज्दै गोरखा पुगेपछि उनले अधिकारीलाई अघि सारेर गएका थिए ।
यहाँ चारै जना उम्मेदवारले २ हजार भन्दा बढी भोट ल्याएका छन् ।चौथो र पहिलो हुने उम्मेदवारको बीचमा ३०० मतको मात्रै अन्तर देखिएको छ ।