काठमाडौं । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन् ।
मंगलबार अपराह्न १ बजेसम्मको मतगणना अनुसार उनले ६ हजार ७४ मत पाएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला भने उनीभन्दा झण्डै १५ सय मत पछि छन् । सिटौलाको मत ४ हजार ५८८ छ ।